कोरोना महामारीमा अक्षय कुमारको महादान : अक्सिजन र औषधीको लागि दिए १ करोड दान

एजेन्सी : अक्षय कुमारले फेरी पनि एकपटक आफ्नो दयालुपनले मानिसहरुको दिल जितेका  छन्। अघिल्लो वर्ष पनि कोरोना कहरले भयावह रुप लिँदा अक्षय कुमारले पिएम केयर फन्डमा २५ करोड भारतीय रुपैयाँ दान दिएका थिए। एकपटक फेरी पनि कोभिड प्रकोपको बीचमा अक्षय कुमारले एक करोड भारतीय रुपैयाँ सहयोग गर्ने प्रतिबद्दता गरेका छन्।

भाजपा सांसद तथा पूर्व क्रिकेटर गौतम गम्भीरले ट्वीटर यसबारे जानकारी दिएका हुन्। अक्षय कुमारले एक करोड रुपैयाँ गौतम गम्भीर फाउन्डेसनलाई दान दिने फैसला गरेका हुन्। यो रकमले कोरोना सङ्क्रमितलाई औषधी, अक्सिजन र खानपानको व्यवस्था गरिनेछ ।

गौतम गम्भीरको ट्वीट पछि अक्षय कुमारले पनि प्रतिक्रिया दिएका छन्। अक्षय कुमारले यस्तो कठिन समयमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्।

अक्षय कुमार गरिब-दीनदुखीको सहयोगको लागि सधैँ अगाडी हुन्छन्। उनले एकैपटक २५ करोड भारतीय रुपैयाँ सहयोग गरेर एक उदाहरण कायम गरेका थिए।

कोरोना कालमा अक्षय कुमारद्वारा गरिएको मद्दत

☆पीएम केयर फन्ड – २५ करोड भारु
☆बीएमसी – ३ करोड भारु
☆मुम्बई पुलिस – २ करोड भारु
☆थिएटर मालिकलाई आर्थिक सहयोग
☆ प्रहरीलाई १५०० रिस्ट ब्याण्ड
☆१५०० महिला मजदूरलाई आर्थिक सहयोग

प्रकाशित : आइतबार, बैशाख १२, २०७८१६:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जाह्नवीले कियाराको लुक कपी गर्ने जुटाइन् हिम्मत, फोटो र भिडियो हेर्दा लाग्नेछ झट्का