एजेन्सी : किम कार्दशियन आफ्नो अलग अन्दाज र लग्जरीले भरिएको जिन्दगीको लागि चिनिन्छिन्। साथै विवादसँग किमको पुरानो सम्बन्ध छ। किम कार्दशियन सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् र फ्यान्सलाई आफ्नो जिन्दगीको झलक दिईरहन्छिन्। किम हालै अलग अवतारमा पढ्दै गरेको अवस्थामा देखा परेकी छिन्।
किम कार्दशियन लामो समयदेखि कानुन पढिरहेकी छिन्। उनी वकिल बन्न चाहन्थिन् र आफ्नो यो सपना पूरा गर्नको लागि लामो समयदेखि किताबमा घोत्लिरहेकी छिन्। हालै उनले ल(Law)को परिक्षाको तयारीका केही फोटो शेयर गरेकी छिन्, जुन भाइरल भईरहेको छ।
किम कार्दशियन बि,-कि,’-नीमा आफ्नो परीक्षाको तयारीमा लागेकी छिन्। उनले घामको मज्जा लिँदै आफ्नो परीक्षाको तयारी गरेको फोटो शेयर गरेकी छिन्। फोटोमा उनले क्रिम कलरको स्ट्रिङ बि-,’कि–,नी लगाएकी छिन्। उनले पोस्ट शेयर गर्दै लेखेकी छिन् – ‘घाममा पढ्दै।’
किमका यी फोटोहरुले सामाजिक सञ्जालमा निकै चर्चा बटुलेको छ। ४८ लाख भन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ताले उनका फोटोमा लाइक गरेका छन् र कमेन्टसको पनि वर्षात् भएको छ।
किम यी फोटोहरु बाहेक हलिउड फेमस र्यापर तथा पूर्व पति कान्ये वेस्टसँगको सम्बन्ध विच्छेदको कारण पनि चर्चाको केन्द्रमा छिन्। किमले विवाहको ६ वर्षपछि कान्ये वेस्टसँग सम्बन्ध विच्छेद गरेकी हुन्। उनले फेब्रुअरी २०२१ मा सम्बन्ध विच्छेद गरेकी हुन्।
किम कार्दशियन र कान्ये वेस्टका चार बच्चा छन्। जसमा दुई छोरी – ७ वर्षकी नर्थ र ३ वर्षकी शिकागो र दुई छोरा – ५ वर्षका सेन्ट र २ वर्षका सालम छन्।