एजेन्सी : बलिउड अभिनेता सुनील शेट्टी पछिल्लो ३० वर्षदेखि इन्डस्ट्रीमा सक्रिय छन्। उनले आफ्नो करियरमा थुप्रै उतारचढावको अनुभव गरे। कैयन् हिट फिल्महरु पनि दिए र धेरैपटक निराशा मात्र हात लाग्यो पनि। उनले फिल्म ‘बलवान’ बाट सन् १९९२ मा डेब्यु गरेका थिए।
त्यसपछि उनले ‘सपूत’, ‘क्रोध’, ‘हू तू तू’, ‘हेरा फेरी’ र ‘दस’ लगायत थुप्रै फिल्महरुमा अभिनय गरे। बलिउडको एक्सन हिरोमा पनि उनको नाम सामेल छ।
अक्षय कुमार र अजय देवगनसँगै सुनील शेट्टीले पनि स्टारडम बनाए तर उनले आफ्नो स्टारडमलाई लामो समयसम्म टिकाइराख्न सकेनन्। उनको स्टारडम छोटो समयमै धरापमा पर्यो।
उनी भन्छन् – ‘म एक समयपछि करियरमा असफल भएका थिए। त्यतिबेला मैले सब्जेक्टमा विश्वास गरे त मार्केटिङले मलाई असफल बनायो।’
सुनीलले बलिउडमा आफ्नो छोरालाई ल्याउन चाहने इच्छा व्यक्त गरेका छन्। बलिउडमा कदम राख्न उनका छोरा अहान तयार पनि छन्।
सुनील भन्छन् – ‘मलाई लिएर कोहीँ पनि ५० करोडको फिल्म बनाएर जोखिम लिन चाहँदैनन् तर म ५०० करोडको फिल्म अक्षय कुमारसँग गर्न चाहन्छु।’
सुनीलले अन्तमा भने – ‘मैले थुप्रै गल्ती गरे, त्यसको मलाई पश्चाताप पनि छ। मैले धेरै पाठहरु पनि सिके। मैले सिकेका कुराहरु मेरो छोरोको लागि काम आउन सक्छ। ‘