एजेन्सी : जाह्नवी कपूर पछिल्लो समयको बलिउडको उदाउँदो स्टार मध्ये हुन्। केही हप्ता अघि उनले माल्दिभ्स भ्याकेसनको फोटो शेयर गरेर सबैलाई मन्त्रमुग्ध बनाएकी थिईन्। हालै जाह्नवीले बेहुलीको भेषमा आफ्नो स्टनिङ फोटो शेयर गरेकी छिन्। हेभी लेहंगामा सजिएकी जाह्नवी कपूरका यी तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्।
जाह्नवीले आफ्नो इन्स्टाग्राममा खुश म्यागजिन कभरमा छापिएको आफ्नो फोटोज शेयर गरेकी हुन्। त्यसमा उनी अलग-अलग वेडिङ आउटफिट्समा देखिएकी छिन्।
गोल्डेन, लाइट एल्लो र ओरेन्ज-पिच शेडको लेहँगामा जाह्नवी कपूरको मनमोहक वेडिङ लुक अत्यन्तै कमालको देखिरहेको छ। म्यागजिन कभरका यी सबै तस्बिरहरु इन्टरनेटमा भाइरल भईरहेका छन।