एजेन्सी : सलमान खानको बहुप्रतीक्षित फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ को ट्रेलर सार्वजनिक भएको छ। जी स्टुडियोजसँगको सहकार्यमा सलमान खान फिल्म्सद्वारा प्रस्तुत र प्रभु देवाको निर्देशनमा बनेको बहुप्रतीक्षित फिल्मको ट्रेलर अन्तत: बिहीबार सार्वजनिक गरिएको हो। रिलिज गरिएको केही घण्टामै ट्रेलरले सबै रेकर्ड तोडेका छन्।
सलमान खान सहित दिशा पटानी, रणदीप हुड्डा र ज्याकी श्रफको प्रमुख भूमिका रहेको फिल्मको धमाकेदार ट्रेलरमा सिग्नेचर डायलग देखि लिएर हाय-अक्टेन एक्सन, म्युजिक र ड्रामासम्म सबैलाई दर्शकले मन पराएका छन्।
‘राधे : योर मोस्ट वान्टेड भाई’ को ट्रेलरले युट्युबमा अपलोड गरेको १० मिनेटमै रेकर्ड कायम गरेको छ। युट्युबमा अपलोड भएको १० मिनेटमै १ लाख लाइक्स ल्याएर यो ट्रेलर सबैभन्दा छिटो धेरै लाइक्स पाउने ट्रेलर बनेको छ। साथै युट्युब प्लाटफर्ममा १२ घण्टामा ३० मिलियन भ्युजको एक बेञ्चमार्क भ्युअरशिप स्थापित गर्नमा पनि सफल भएको छ। यति मात्र नभई ट्रेलर रिलिज भएको ४ घण्टामै युट्युबमा नम्बर १ ट्रेन्डिङमा परेको छ।