शनिदेव उल्टो चाल चल्दै : साढेसातीको कारण यी ३ राशि रहनुस् सावधान

काठमाडौँ : शनिदेवको नाम सुन्नेबित्तिकै अधिकांस मानिसको पसिना छुट्छ किनकी उनीहरुका अनुसार शनिले सधैँ खराब र अशुभ फल दिन्छ। तर सधैँ यस्तो हुँदैन, शनि जोप्रति दयालु हुन्छन् तिनको भाग्य चम्किन्छ। तर जब शनि आफैँ वक्री हुन्छ यानी उल्टो चाल चल्न थाल्छ त्यतिबेला आफैँ पीडित हुन्छन्, जसकारण शनिदेवले शुभ फल दिन् सक्दैन्। आजबाट एक महिनापछि जेष्ठ ९ गते (मे २३) शनि वक्री हुँदै छ। यसले तपाईलाई कस्तो प्रभाव पार्ला त।

जेष्ठ ९ गते आइतबारको दिन दिउँसो ३ बजेबाट शनि वक्री हुन् थाल्छ र उल्टो चाल चल्न लाग्छ। करीब ५ महिनासम्म शनि यहीँ वक्री पोजिसनमा रहनेछ र त्यसपछि असोज २५ गते(११ अक्टोबर) बाट शनि मार्गी हुनेछ या सिधा चाल चल्नेछ। यो वर्ष २०२१ मा शनिले कुनै राशि परिवर्तन गर्दैन् किनकी शनि एउटै राशिमा लगभग अढाई वर्षसम्म गतिशील रहन्छ।

धनु, मकर र कुम्भ गरी यी तीन राशिका जातकमा शनिको यो उल्टो चालको सबैभन्दा बढी प्रभाव पर्नेछ किनकी यी तीनै राशिमा शनिको साढेसाती चलिरहेको छ। ज्योतिष शास्त्रका मान्यता अनुसार जुन राशिमा शनिको साढेसाती या ढैय्या चलिरहेको हुन्छ, ती राशिका जातकहरु शनिको वक्री यानी उल्टो चालको समयमा सबैभन्दा बढी सावधान रहनुपर्नेछ।

शनिको साढेसातीको कुरा गर्ने हो भने यसका तीन चरण हुन्छन्। धनु राशिमा यसको अन्तिम चरण चलिरहेको छ, मकर राशिमा शनिको साढेसातीको दोस्रो त कुम्भ राशिमा  पहिलो चरण चलिरहेको छ। यस्तो अवस्थामा शनिको उल्टो चाल चलिरहँदा यी तीन राशिका जातकले नयाँ काम आरम्भ नगर्दा र लगानी नगर्दा नै बेश हुन्छ।

मिथुन र तुला राशिमा शनिको ढैय्या चलिरहेको छ। यस्तो बेला झन् शनि वक्री भएर उल्टो चाल चल्दा यी दुई राशिका जातकले पनि आफ्नो जीवनमा उतारचढावको सामना गर्नेछन्। मानसिक तनाव हुन् सक्छ र कडा मेहनत गर्दा पनि स सफलता पाउन कठिन हुन्छ।

शनिदेवलाई खुशी पारी यिनको प्रकोपबाट बच्न चाहनुहुन्छ भने सर्वप्रथम आफ्नो कर्ममा सुधार गर्नुहोला। कुनै पनि गलत काम नगर्नुहोला। हनुमानजीको पूजा गर्नुहोला, हनुमान चालीसाको पाठ गर्नुहोला। शिवको पूजाबाट पनि शनिदेव प्रसन्न हुन्छन्। शनि मन्त्रको जप गर्नुहोला। शनिसँग जोडिएका चीजहरु दान गर्नुहोला। वयोवृद्दलाई सम्मान दिनुहोला। पीपलको बोटको फेदमा दियो बाल्नुहोला।

प्रकाशित : शुक्रबार, बैशाख १०, २०७८१७:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मेमा ३ ग्रहको ५ राशि परिवर्तन : यो राशिको लागि महिना अत्यन्तै शुभ, हुनेछ मनग्गै प्रगति