भर्भराउँदा बैंशका तरुनी अभिनेत्रीसँग रोमान्स गर्न र्‍याल काट्दै यी २ बुढा अभिनेता

एजेन्सी : आममानिसहरु आफ्नो जोडीको उमेर आफ्नोभन्दा कमै होस् भन्ने चाहन्छन्, यो तथ्य हामीले देखे-भोगेकै र सुनेकै छौं। यस्तै ट्रेन्ड चलचित्र क्षेत्र, चाहे त्यो हलिउड होस् या बलिउडमा देखिएका छन्। सलमान खान, शाहरुख खान र आमिर खान देखि अक्षय कुमार जस्ता स्टार्स आज पनि लाखौ-करौडौं युवतीहरुका मनमुटुमा बस्न सफल छन्।

करौडौं फ्यान्स यिनका एक झलक पाउनको लागि जे पनि गर्न तयार हुन्छन्। उनीहरु पनि यस कुरामा अछुतो रहन सकेका छैनन्, विशेषत: सलमान खान र अक्षय कुमार। यी दुवै अभिनेता उमेरले ५० वर्ष नाघिसकेका छन्, तर पनि आफूभन्दा आधा उमेरका अभिनेत्रीहरुसँग स्क्रिन सेयर गर्ने उनीहरुको लालसा कसैबाट लुकेको छैन।

यी कलाकारहरुका क्रेज यिनीहरुका पूरा उमेरभरी रहन्छ। एक समय पछि यी स्टार्स आफू भन्दा निकै कम उमेरका अभिनेत्रीहरुसँग काम गर्छन् तर उनका काम देखेर उमेरमा बिल्कुलै ध्यान दिईदैन। निकट भविष्यमा यस्तै केही जोडीहरु देखिनेछन् जहाँ अभिनेत्रीहरुका उमेर अभिनेताहरुका भन्दा करिब आधा हुन्छ।

सलमान खान(Salman Khan)-दिशा पाटनी(Disha Patani) : बहुप्रतिक्षित चलचित्र ‘भारत’ सन् २०१९ को ईदको अवसरमा प्रदर्शनमा आएको थियो। यस चलचित्रमा सलमान खानले दिशा पटानीसँग रोमान्स गरे । चलचित्रमा हाल ५५ वर्षीय सलमान खानको अपोजिसनमा आधा उमेरकी २८ वर्षीय दिशा पटानी थिईन्। हालै प्रभु देवाको निर्देशनमा तयार बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधेः योर मोस्ट वान्टेड भाई’को ट्रेलर सार्वजनिक गरिएको छ। यो ट्रेलर हेर्दा पनि सलमानले नायिका दिशा पटानीसँग रोमान्स गरेको देख्न सकिन्छ।

अक्षय कुमार(Akshay Kumar)-कियारा आडवाणी(Kiara Advani) : ५३ वर्षीय अक्षय कुमारसँग गत वर्ष रिलिज भएको फिल्म ‘लक्ष्मी बम’ मा २८ वर्षीय कियारा आडवाणी जोडीको रुपमा देखिईन्। यस फिल्ममा अक्षय कुमारले समलिंगीको भूमिका निर्वाह छन् ।अभिनेत्री कियारा आडवाणीको भाग्यमा शायद यस्तै लेखेको हुनुहुन्छ। सन् २०१९ को  जुन २१ बाट प्रदर्शनमा आएको उनको फिल्म ‘कबिर सिंह’ मा पनि उनले आफू भन्दा १० वर्ष जेठा अभिनेता शाहिद कपूरसँग रोमान्स गरेकी छिन् ।

प्रकाशित : शुक्रबार, बैशाख १०, २०७८१५:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बडी फिट गाउनमा नोराले देखाइन् आफ्नो बान्की परेको लोभलाग्दो शरीर, भाइरल भयो भिडियो