टाइटानिक पोजको चक्करमा भईन् उप्स मोमेन्टको शिकार, ट्रोलर्सले गरे नानाथरी कमेन्ट

एजेन्सी : बि-टाउनका सुन्दरीहरु प्राय: आफ्ना छोटा ड्रेसको कारण धेरै ठाउँमा उप्स मोमेन्टको शिकार हुने गरेका छन्। अभिनेत्रीहरुका सानो गल्तीले सामाजिक सञ्जालमा ट्रोलर्सहरुलाई ट्रोल गर्ने मौका मिल्छ । हालै ‘कान्टा लगा गर्ल(Kanta Laga girl)’ तथा ‘बिग बोस १३(Big Boss 13)’ फेम शेफाली जरीवाला(Shefali Jariwala) पनि ट्रोलर्सको निशानामा परेकी छिन्। शेफालीले हालै पति पराग त्यागी(Parag Tyagi)सँगको माल्दिभ्स भ्याकेसन ट्रिपको एक सुन्दर भिडियो शेयर गरेकी छिन्।

भिडियोमा तपाई आफैँले पनि देख्न सक्नुहुन्छ कि शेफाली पति परागसँग क्रुज(Cruise) मा टाइटानिक फिल्मको पोज दिईरहेकी छिन्। शेफालीले लेस स्टाइल व्हाइट ड्रेस लगाएकी छिन्, जुन हावाले उडाउँदा उनी उप्स मोमेन्टको शिकार भएकी छिन्।

यद्यपि उनले यसलाई सामान्य मानेको भिडियोमा देख्न सकिन्छ। यस्तो लज्जास्पद क्षणलाई शेफालीले पूर्ण रुपमा बेवास्ता गरेकी छिन् र बिन्दास तरिकाले पोज दिईरहेके छिन्। तर जब भिडियो मानिसहरुले हेरे तब मानिसहरुले नानाथरीका प्रतिक्रियाहरु दिएका छन्।

 

 

 

 

 

शेफाली जरीवाला सन् २००२ मा आएको म्युजिक भिडियो ‘कान्टा लगा’ बाट आफ्नो पहिचान बनाउन सफल भईन्। त्यसपछि शेफाली जरीवाला सलमान खान र प्रियंका चोपडाको फिल्म ‘मुझसे शादी करोगी(Mujhse Shaadi Karogi)’ मा देखिईन्। यो फिल्ममा शेफालीले बिजलीको भूमिका निभाएकी थिईन्। शेफाली जरीवाला ‘बिग बोस १३’ मा देखिएकी थिईन्। अहिले शेफाली अल्ट बालाजी(ALTBalaji) मा आउने वेबसिरिज ‘बू’ मा अभिनय गरिरहेकी छिन्।

 

 

 

 

 

 

 

 

 

प्रकाशित : शुक्रबार, बैशाख १०, २०७८१२:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भर्भराउँदा बैंशका तरुनी अभिनेत्रीसँग रोमान्स गर्न र्‍याल काट्दै यी २ बुढा अभिनेता