गरिबको मद्दतको लागि सधैँ अगाडी सलमान खान, बाँड्दै छन् खाना

एजेन्सी : बलिउडको दबंग स्टार सलमान खान(Salman Khan)ले भारतको मुम्बईमा १५ दिनदेखि लागिरहेको कर्फ्युमा कोभिड-१९ का फ्रन्टलाइन वर्कर्स(Frontline health workers)लाई खान बाँडिरहेका छन्। अघिल्लो वर्ष २०२० मा पनि सलमान गरिबको मद्दतको लागि सबैभन्दा अगाडी आएका थिए। अघिल्लो वर्षको मार्चमा जब लकडाउन भयो तब सलमान खानको फूड भ्यान्सले फ्रन्टलाइन वर्कर्सलाई खानाको प्याकेट बाँडेको थियो। यो पटक सलमान खानको बिइङ ह्याङ्ग्री(Being Haangryy) नामको फूड ट्रक्सले जुहू र वर्ली वरपरका क्षेत्रका मानिसहरुलाई खाना बाँडिरहेको छ। खासगरी ती मानिसहरुलाई खाना वितरण गरिएको छ जो मुम्बई सडकमा बस्छन्।

सलमान खानले पछिल्लो पटक गरिबलाई खाना बाँडेका थिए। यस पटक उनले फ्रन्टलाइन वर्कर्सलाई खाना बाँडिरहेका छन्। फूड ट्रक्सले मुम्बईको जुहू र वर्लीको इलाकामा पछिल्लो दुई दिनदेखि खाना बाँड्न सुरु गरेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार तीन हप्तासम्म बाँड्ने योजना रहेको छ। साथै मुम्बईका अरु पनि क्षेत्रहरुमा खाना बाँड्ने व्यवस्था गर्न थालिएको छ। खानेकुरामा चिया, पानीको बोत्तल, बिस्किट, स्न्याक्स, चिउरा, पाव–भाजी सामेल छन्।

प्रकाशित : बिहिबार, बैशाख ०९, २०७८२०:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टाइटानिक पोजको चक्करमा भईन् उप्स मोमेन्टको शिकार, ट्रोलर्सले गरे नानाथरी कमेन्ट