कहिल्यै किस नखाने कसम खाएका सलमानले दिशालाई किस गरे…टाइगरले दिए यस्तो प्रतिक्रिया

एजेन्सी : बलिउडको भाईजान सलमान खान(Salman Khan)को फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई(Radhe : Your Most Wanted Bhai)’ को ट्रेलर आज बिहिबार रिलिज गरिएको छ। ट्रेलर हेर्दा फिल्ममा दिशा पाटनी(Disha Patani), रणदीप हुड्डा(Randeep Hooda), ज्याकी श्रफ(Jackie Shroff) र गौतम गुलाटी(Gautam Gulati) ले महत्वपूर्ण भूमिका निभाएको देख्न सकिन्छ। फिल्म ‘राधे’ को ट्रेलरलाई दर्शकले अत्यधिक मन पराएका छन्। फ्यान्सले ट्रेलरमा अत्यन्तै सकारात्मक प्रतिक्रिया दिएका र कलाकारहरुका अभिनयको तारिफ गरेका छन्। ट्रेलर रिलिज भएको केही घण्टामै ज्याकी श्रफका छोरा तथा दिशा पाटनीको कथित ब्वायफ्रेन्ड टाइगर श्रफ(Tiger Shroff)ले फिल्मको ट्रेलरमा प्रतिक्रिया दिएका छन्।

टाइगर श्रफले प्रतिक्रिया दिँदै फिल्मको ट्रेलरका केही स्क्रिनशट आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरेका छन्। पिता ज्याकी श्रफको समेत अभिनय रहेको ‘राधे’ को ट्रेलरबाट स्क्रिनशट लिँदै टाइगरले लेखेका छन्, ‘अझैँ पनि सबैभन्दा ह्यान्सम हिरो।’ । त्यस्तै टाइगरले किस सिनको बारे मुख नखोलेपनि दिशाको सुन्दरताको भने तारिफ गरेका छन्। दिशाको बारेमा टाइगरले लेखेका छन् – ‘स्म्यासिङ ट्रेलरको लागि बधाई, एकदमै राम्री देखिएकी छौँ।’ त्यसपछि अन्तिममा टाइगरले सलमान खानको तस्बिर शेयर गर्दै राधेको ट्रेलरलाई ब्लकबस्टर भएको बताएका छन्। र सलमान र सोहेल खान दुवैलाई बधाई दिएका छन्।

यो फिल्म १३ मेमा ईदको अवसरमा रिलिज गरिने आधिकारिक घोषणा भईसकेको छ। यो फिल्ममा सलमान खानसँग दिशा पाटनीले रोमान्स गर्नेछिन्। ट्रेलर अनुसार यसमा दिशा पाटनी ज्याकी श्रफको बहिनीको भूमिकामा छिन्। यो फिल्ममा सलमानले दिशालाई चुम्बन गरेको दृश्य पनि देख्न सकिन्छ।  सलमानले फिल्ममा कुनै पनि अभिनेत्रीलाई चुम्बन नगर्ने भीष्मप्रतिज्ञा लिएका थिए तर अचानक फिल्ममा यस्तो दृश्य देखेर उनका फ्यान्स चकित परेका छन्। यहीँ सिनको कारण पनि उनका फ्यान्स यो फिल्म रिलिजको व्यग्र प्रतीक्षामा छन्।

सलमानले आफ्नो मेगाबजेट फिल्म ‘टाइगर ३(Tiger 3)’ मा पनि महत्वपूर्ण भूमिका निभाउँदैछन्। यो बाहेक सलमान, शाहरुख खानको महत्वकांक्षी फिल्म पठान(Pathan )मा केमियो रोल(Cameo appearance)मा देखा पर्नेछन्।

प्रकाशित : बिहिबार, बैशाख ०९, २०७८१८:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गरिबको मद्दतको लागि सधैँ अगाडी सलमान खान, बाँड्दै छन् खाना