तेज-तर्रार, निडर र ईमान्दार हुन्छन् यी ४ राशिका जातक, पङ्गा लिए पर्न सक्छ भारी

काठमाडौँ : ज्योतिषमा कुल १२ राशि छन् र हरेक राशिका आ-आफ्नै स्वभाव हुन्छ। १२ राशि चक्रमा चार राशिलाई यस्तो मानिन्छ जो सँग पङ्गा लिनु हरकोहीँलाई भारी पर्न सक्छ। यी राशिका मानिस निडर, ईमान्दार, मजबूत व्यक्तित्व र स्वतन्त्र विचारका हुन्छन्। यस्ता मानिस आफ्नो लडाई आफैँ लड्नमा विश्वास विश्वास राख्छन्।

यी चार राशिका मानिस कुनै पनि मुद्दामा आफ्नो एक राय राख्छन् र मानिसहरु अगाडी खुलेर व्यक्त गर्छन्। यिनीहरु जीवनका सारा चुनौतीहरुको सामना एक्लै गर्न सक्षम हुन्छन्। यिनीहरु कसैलाई पनि आफूबाट फाइदा उठाउन दिँदैनन्। यिनीहरु ठाडो स्वभावका हुन्छन् तर मनको एकदमै सफा र प्यारा हुन्छन्।

मेष राशि – ARIES(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मेष राशिका मानिस आफ्नो शर्तमा जिन्दगी जिउँछन्। यिनीहरु स्वभावले जिद्दी र दिमागको तेज हुन्छन्। यिनीहरुले एकदमै कुशलतापूर्वक चुनौतीहरुको सामना गर्छन्। यहीँ कारण यिनीहरुले आफ्नो जिन्दगीमा आएका सारा मुश्किलहरुलाई पार लगाउँछन्। यिनीहरु दृढ निश्चयी हुन्छन् र समस्याहरुलाई ठिक नगरी अगाडी बढ्दैनन्।

कर्कट राशि – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : यस राशिका मानिस अत्यन्तै भावुक, संवेदनशील र अरुको ख्याल गर्ने प्रकृतिका हुन्छन्। यिनीहरु जोकोहीँलाई पनि मनभित्रैबाट प्रेम गर्छन् र आफ्नो प्रेमी/प्रेमिकालाई खुशी राख्नको लागि कुनै पनि हदसम्म जान सक्छन्। यद्यपि यिनको व्यक्तित्वको एक अर्को पक्ष पनि छ। यदि तपाईले यिनीहरुबाट फाइदा लुट्न खोज्नुभयो या धोका दिने कोशिश गर्नुभयो भने यिनीहरुले तपाईलाई सजिलै छोड्ने छैनन्।

सिंह राशि – LEO(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : सिंह राशिका मानिसलाई आफ्नो मूल्य राम्रोसँग थाहा हुन्छ। यदि कसैले यिनीहरुसँग निहुँ खोज्ने या पङ्गा लिने काम गर्छन् भने यिनीहरुले तपाईलाई कठिनाईको भुमरीमा जाक्नेछन्। सिंह राशिका मानिस तेज-तर्रार, शक्तिशाली, स्पष्टवक्ता र मजबूत व्यक्तित्वका हुन्छन्।  आफ्नो लडाई लड्नको लागि यिनीहरु कहिले पनि पछाडी हट्दैनन्।

वृश्चिक राशि – SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :वृश्चिक राशिका मानिस आत्मनिर्भर र खुल्ला विचारका हुन्छन्। यिनीहरु आफ्ना सारा काम आफैँ गर्छन् र छिट्टै कसैको पनि सहयोग लिन रुचाउँदैनन्। यिनीहरुलाई आफ्नो समस्या कसरी सुल्झाउने भन्नेबारे राम्रो ज्ञान हुन्छ। वृश्चिक राशिका जातक सामान्यतया: जिद्दी, रहस्यमयी र तेज स्वभावका हुन्छन्। यिनीहरुलाई समस्यामा पार्नु कुनै खतरा मोल्नु भन्दा कम हुँदैन।

प्रकाशित : बिहिबार, बैशाख ०९, २०७८१५:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शुक्रको उदय : आउँदो ६१ दिनसम्म यी राशिको भाग्य बुलन्द रहने, हुनेछ धनको वर्षात्