शुक्रको उदय : आउँदो ६१ दिनसम्म यी राशिको भाग्य बुलन्द रहने, हुनेछ धनको वर्षात्

काठमाडौँ : सुखको प्रदाता शुक्र देव यहीँ बैशाख ५ गते(१८ अप्रिल)बाट मेष राशिमा उदय भएको छ। शुक्र आउँदो ६१ दिनसम्म अस्त हुनेछैन। शुक्रको उदय भएसँगै सबै शुभ कार्य पुन: शुरु भएको छ। अब विवाह, मँगनी, गृह प्रवेश लगायतका माङ्गलिक कार्यहरु गर्न सकिन्छ। शुक्रको उदयपछि विवाहको पहिलो शुभ मुहूर्त वैशाख ११ गते शनिबारको दिन परेको छ। यो दिन होम गर्ने, पसल खोल्ने, जग राख्ने, घर सर्ने र रुद्री गर्ने शुभ साइत पनि छ। शुक्रको उदयले सबै राशिका जातकमा कस्तो प्रभाव पर्ला त ? पढ्नुहोस्।

मेष राशि – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : शुक्र उदय हुँदा मेष राशिका जातकको आर्थिक स्थिति मजबूत हुनेछ। धन लाभ हुनेछ। विवाहको योग पनि बन्नेछ।

वृष राशि – TAURUS(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : वृष राशिका जातकको लागि घर या वाहन खरिद गर्ने योग बन्नेछ। पद-प्रतिष्ठामा वृद्धि हुनेछ। रोजगारका नयाँ अवसरहरु प्राप्त हुनेछन्। शुक्रको उदय तपाईको लागि लाभदायक हुनेछ।

मिथुन राशि – GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह) : प्रेमिल जोडी या विवाहित जोडीका लागि शुक्रको उदय हुनु अत्यन्तै फलदायी हुनेछ। आर्थिक स्थिति पहिलेभन्दा राम्रो हुनेछ। यद्यपि थोरै खर्च पनि बढ्नेछ। विद्यार्थी वर्गको पढाई-लेखाईमा ध्यान जानेछ।

कर्कट राशि – CANCER(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : कर्कट राशिका जातकको लागि नयाँ काम सुरु गर्ने सही समय आएको छ। यो समयावधिमा कुनै पनि क्षेत्रमा लगानी गर्दा लाभ प्राप्ति हुनेछ। जागिरको मामिलामा पनि राम्रो अवसर पाउनुहुनेछ।

सिंह – LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : जागिर र व्यापारको मामिलामा सिंह राशिका जातकलाई फाइदा हुनेछ। लामो समयदेखि पिरोलिरहेको सङ्कटबाट निजात पाउनुहुनेछ। मातापिता तुल्य मानिसबाट सहयोग प्राप्त हुन् सक्छ।

कन्या – VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : कन्या राशिका जातक शत्रुविरुद्द हाबी हुनेछन्। अड्डा-अदालतको मामिलामा विजय हासिल गर्नुहुनेछ। यद्यपि लेनदेनको मामिलामा सावधानी अपनाउनुहोला। र आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला।

तुला राशि – LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : तुला राशिका जातकको लागि यो समय अत्यन्तै राम्रो साबित हुनेछ। जागिर या व्यापारमा  प्रगति हासिल गर्नुहुनेछ। दाम्पत्य जीवनमा मिठास आउनेछ। मान-सम्मान पनि बढ्नेछ।

वृश्चिक राशि – SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : वृश्चिक राशिका जातकले सोचविचार गरी फैसला लिनुपर्ने समय छ। हतारमा गरिएको निर्णयले हानि पुर्याउनेछ। विवाहयोग्य जातकले थोरै प्रतीक्षा गर्नुपर्नेछ। आफ्नो बोली र व्यवहारमा नियन्त्रण गर्नुहोला।

धनु राशि – SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : लामो समयदेखि रोगबाट पीडित जातकले मुक्ति पाउनेछन्। यश, कीर्ति, पद र प्रतिष्ठामा लाभ हुन् सक्छ। दाम्पत्य जीवन खुशीयाली रहनेछ र धनको मामिलामा अवस्था झन् मजबूत रहनेछ।

मकर राशि – CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : शुक्रको उदय हुँदा जरुरी कार्यहरुमा सफलता मिल्नेछ। नयाँ पसल या सवारी साधन खरिद गर्ने योग बन्नेछ। यसैबीच यस राशिको जातकको जीवनमा कुनै नयाँ व्यक्तिको आगमन हुने योग पनि बन्नेछ।

कुम्भ राशि – AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द) : जागिर या व्यापारको मामिला स्थिति झन् राम्रो हुनेछ। मान-सम्मानमा वृद्धि हुनेछ। माङ्गलिक कार्य या उत्सवमा सहभागी हुने अवसर पाउनुहुनेछ। तर थोरै सतर्क रहन आवश्यक छ।

मीन – PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : पारिवारिक जीवन राम्रो रहनेछ। परिवारका सदस्यबाट मद्दत पाउनुहुनेछ। धन लाभ हुनेछ। आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोला।

प्रकाशित : बिहिबार, बैशाख ०९, २०७८१७:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि कामदा एकादशी : भगवान वासुदेवको कृपाले यी राशिलाई हुनेछ शुभ, हेर्नुहोस् राशिफल