अहिले साउथ फिल्मलाई हेला गर्ने यी अभिनेत्रीले साउथबाटै डेब्यु गरेका हुन् !

एजेन्सी : दिपिका पादुकोण , प्रियंका चोपडा , तापसी पन्नु लगायतका यी चर्चित अभिनेत्रीहरुले आफ्नो अभिनय करियर साउथ इन्डियन चलचित्रबाट गरेका हुन्। यी बाहेक बलिउडका अन्य अभिनेत्रीले पनि साउथ चलचित्र मार्फत नै बलिउडमा डेब्यु गरेका छन। तर पछिल्लो समय यी अभिनेत्रीहरुले साउथ चलचित्र क्षेत्रलाई पूर्ण रुपमा बेवास्ता गरेका छन्। ती अभिनेत्रीहरु को-को हुन् ? जानीराखौ:

१. दीपिका पादुकोण(Deepika Padukone) : दीपिका बलिउडमा पछिल्लो समयमा सबैभन्दा व्यस्त अभिनेत्री मध्ये एक हुन्। उनी आफ्नो कुशल अभिनय कलाका कारण सबैको मन मस्तिष्कमा बस्न सफल भएकी छिन। दीपिकाले सन् २००६ मा चलचित्र ‘ऐश्‍वर्या(Aishwarya)’ मार्फत सिने नगरीमा कदम राखेकी हुन् भने बलिउडमा  ‘ओम शान्ति ओम(Om Shanti Om)’ चलचित्रबाट डेब्यु गरेकी हुन्।

२. ​ऐश्वर्या राय बच्चन(Aishwarya Rai Bachchan) :  पुर्व मिस वर्ल्ड ऐश्‍वर्या राय बच्‍चनलाई विश्वको सबैभन्दा राम्री महिलाको रुपमा नम्बर १ मा राखेर हेर्ने गरिन्छ। बलिउड डेब्यु गर्नुपूर्व उनले सन् १९९७ मा प्रदर्शनमा आएको मणि रत्‍नमद्वारा निर्मित तमिल चलचित्र ‘इरुवा’ मार्फत अभिनय यात्राको सुरुवात गरेकी हुन्। यसपछि उनले सोही वर्ष चलचित्र ‘और प्‍यार हो गया(Aur Pyaar Ho Gaya)’ बाट बलिउड उद्योगमा प्रवेश गरेकी हुन्।

३. ​प्रियङ्का चोपडा(Priyanka Chopra) : प्रियंकाले आफ्नो कला कौशलताका कारणले गर्दा हाल बलिउडमा मात्र नभई हलिउड उद्योगमा पनि छुट्टै स्थान बनाउन सफल भैसकेकी छिन। तर कतिपयलाई थाहा नहुन पनि सक्छ प्रियंकाले पनि चलचित्र क्षेत्रको सुरुवात तामिल पोलिटिकल ड्रामा चलचित्र ‘थामिजहन’ मार्फत गरेकी हुन्।

​४. कृति सेनन(Kriti Sanon) : कृतिले अभिनयको सुरुवात सन् २०१४ सालमा प्रदर्शनमा आएको तेलुगु चलचित्र नेनोक्काडिने(Nenokkadine) मार्फत गरेकी हुन्। यस पश्चात चलचित्र हिरोपन्ती(Heropanti) भने कृतिको बलिउड डेब्यु चलचित्र हो।​

५. तापसी पन्नू(Taapsee Pannu) : तापसीलाई बलिउड उद्योगकी सबैभन्दा प्रतिभाशाली अभिनेत्रीको रुपमा मान्ने गरिन्छ। उनी आफ्नो अभिनयले सबै दर्शक माझ परिचित छिन। उनले सन् २०१० मा प्रदर्शनमा आएको रोमान्टिक म्युजिकल तेलुगु चलचित्र ‘झुम्मण्डी नाडाम(Jhummandi Nadam)’ मार्फत चलचित्र यात्रा तय गरेकी हुन्। यसपछि पनि उनले तामिल र मलयालम चलचित्रमा अभिनय गरेकी थिइन् । ‘चश्‍मे बद्दूर(Chashme Baddoor)’ तपसीको पहिलो बलिउड डेब्यु चलचित्र हो।

६. श्रीदेवी कपुर(Sridevi Kapoor) : स्वर्गीय अभिनेत्री श्रीदेवीले चार बर्षको उमेर देखि चलचित्रमा कम गर्न थालेकी हुन्। उनको अभिनयमा डेब्यु तमिल चलचित्र ‘कन्दन करुनै(Kandhan Karunai)’ बाट भएको हो। यस पश्चात उनले केही साउथ इन्डियन चलचित्रमा समेत काम गरेको थिइन्। सन् १९९७ मा प्रदर्शनमा आएको चलचित्र ‘सोलवां सावन(Solva Sawan)’ श्रीदेविको बलिउडको डेब्यु चलचित्र हो।

प्रकाशित : बुधबार, बैशाख ०८, २०७८१८:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३ दिन लगाएर खिचिएको थियो यो ‘कि;-सिङ सीन’, थर-थर कामेकी थिइन् नायिका