३ दिन लगाएर खिचिएको थियो यो ‘कि;-सिङ सीन’, थर-थर कामेकी थिइन् नायिका

एजेन्सी : सन् १९९६मा आएको बलिउड चलचित्र ‘राजा हिन्दुस्तानी(Raja Hindustani)’ले धेरैको मन जितेको थियो। चलचित्रमा आमिर खान(Aamir Khan) र करिश्मा कपूर(Karisma Kapoor) मुख्य भूमिकामा देखिएका थिए। ९० को दशकमा दुवै बलिउडका रुचाइएका कलाकार थिए।

‘बक्स अफिस’मा हिट भएको यो चलचित्र एक-प्रकारले विवादमा समेत परेको थियो। कारण थियो – चलचित्रमा रहेको चु;-म्बन दृश्य। त्यसताका चलचित्रमा चु;**म्बन दृश्य देखाइनु सामान्य मानिदैनथ्यो।

चलचित्रमा मूख्य भूमिका निभाएका आमिर खान र करिश्मा कपूर बीचको चुम्बन दृश्य फेब्रुअरी महिनामा खिचिएको थियो। करिश्माका अनुसार चलचित्रको छायाँकन भएको समयमा एकदमै जाडो थियो।

उनी बताएअनुसार त्यो चुम्बनको दृश्य खिच्ननै तीन दिन लागेको थियो। करिश्माले चुम्बनको दृश्य खिच्न तीन दिन लागेको एक अन्तर्वार्ताको क्रममा खुलासा गरेकी हुन्।

“सायद धेरैलाई थाहा नहुन सक्छ उक्त ‘किस सिन’ खिच्न हामीलाई तीन दिन लागेको थियो। त्यो सिन दिँदामा म कामिरहेको थिएँ।”,उक्त सिनको छायाँकन बारे उनी भन्छिन्,” मलाई त्यो दृश्यको छायाँकन कहिले सकिएला जस्तो भएको थियो।”

बताइएअनुसार, उक्त दृश्य तामिलनाडुको ऊटी शहरमा थिए। करिश्माका अनुसार त्यस समयमा मौसम धेरै नै चिसो थियो। जाडोमा काम्दै शुटिङ गरेको उनी अझै पनि सम्झिन्छिन्।

बलिउडबाट पलायन करिश्मा : बलिउडमा चल्तीकै नायिका भएतापनि करिश्मा पछिल्लो समय बलिउड देखि टाढा छिन्। विवाह पश्चात पलायन भएकी करिश्माको सम्बन्ध विच्छेद भैसकेको छ। बलिउड कम्ब्याकको तत्काल सम्भावना नदेखिए तापनि उनले डिजिटल डेब्यू गरेकी छिन्। उनी जी ५ मा प्रसारित हुने ‘मेन्टलहूड(Mentalhood’मा देखा परेकी छिन्।

प्रकाशित : बुधबार, बैशाख ०८, २०७८१९:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिना मेकअप पनि बिछट्टै राम्री देखिन्छन् टिभीका यी अभिनेत्रीहरु !