ह्यारी पोटरकी एमाको सुन्दरताको करोडौँ दीवाना, लट्ठ पर्छन् फ्यान्स

एजेन्सी : फिल्म सिरिज ‘ह्यारी पोटर(Harry Potter)’ दुनियाँभरमा हिट भएको थियो। अहिले पनि मानिसहरु यो सिरिज हेर्नको लागि उत्साहित रहन्छन्। यो फिल्म सिरिजले कमाईका सवालमा धेरै कीर्तिमानीहरु तोडेको थियो। यस सिरिजमा अभिनय गर्ने कलाकारहरु संसारभर लोकप्रिय भएका छन्। ह्यारी पोटर चलचित्र शृङ्खलामा हर्मायनी ग्रेन्जर(Hermione Granger)को भूमिकामा अभिनय गरेकी  अभिनेत्री एमा वाट्सन(Emma Watson)लाई नचिन्ने मानिस शायद कमै होलान्। यहीँ सिरिजबाट एमा हलिउड चलचित्र क्षेत्रमा जम्न सफल भइन्। ह्यारी पोटरबाट वाट्सनले एक करोड युरो कमाउनुका साथै विश्वव्यापी चर्चा र विभिन्न पुरस्कार हात पारिन्। एमाले गत अप्रिल १५ मा आफ्नो ३१ औँ जन्मदिन मनाएकी छिन्।

एमा वाट्सनले ह्यारी पोटर बाहेक अरु फिल्महरुमा पनि अभिनय गरेकी छिन्। उनी एक अभिनेत्री हुनुको साथै एक मोडेल र अधिकारकर्मी पनि हुन्। एमा अन्तिम पटक सन् २०१० मा फिल्म लिटल वुमन(Little Women) मा देखिएकी थिइन्। फिल्म बाहेक एमा आफ्नो खुलस्त र ठाडो बयानको कारण  चर्चामा रहन्छिन्।

प्रकाशित : बुधबार, बैशाख ०८, २०७८१५:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अहिले साउथ फिल्मलाई हेला गर्ने यी अभिनेत्रीले साउथबाटै डेब्यु गरेका हुन् !