एजेन्सी : बलिउड अभिनेत्री उर्वशी रौटेलाले हालै इन्स्टाग्राममा आफ्ना फलोअर्ससँग कुराकानी गरेकी थिईन्। उक्त कुराकानीको क्रममा फ्यान्सले उनीसँग अनेक प्रश्नहरु सोधेका थिए। एक फ्यानले अभिनेत्री उर्वशीलाई यस्तो प्रश्न सोधे कि जुन प्रश्नले धेरैको ध्यान खिच्यो।
उर्वशीलाई एक फ्यानले तपाईको फेवरेट क्रिकेटर को हो भनेर प्रश्न गरे। जुन प्रश्नमा उर्वशीले आफूले क्रिकेट नहेर्ने र कुनै क्रिकेटरलाई नचिन्ने जवाफ दिईन्। यद्यपि उर्वशीले क्रिकेटर सचिन तेन्दुलकर र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई राम्रोसँग चिन्ने बताइन्। उनले भनिन् – ‘म क्रिकेट हेर्दिन्, यसकारण कुनै क्रिकेटरलाई चिन्दिन्। मेरो दिलमा सचिन सर र विराट सरको लागि धेरै इज्जत छ।’
यो प्रश्न र उर्वशीको जवाफले विगतको अफवाहलाई फेरि ताजा बनाएको छ। कुनैबेला क्रिकेटर ऋषभ पन्त र उर्वशीको रिलेशनको हल्ला बजारमा खुब पिटिएको थियो। सञ्चारमाध्यमले उर्वशी र ऋषभले एक-अर्कालाई डेट गरेको खबर छ्यापछ्याप्ति छापेको थियो। सन् २०१८ मा ऋषभले उर्वशीलाई व्हाट्सएपमा ब्लक गरेको खबर सार्वजनिक भएको थियो। केही रिपोर्टस अनुसार ऋ़षभ उर्वशीसँगको सम्बन्धलाई अघि बढाउँन् चाहँदैन्थे।
यद्यपि दुवैले यस रिलेशनबारे मुख खोलेनन्। उनीहरुले न त कुनै प्रतिक्रिया दिए न त खबरको खण्डन नै गरे। यसैबीच ऋषभले ईशा नेगीसँग आफू सम्बन्धमा रहेको कुरा सार्वजनिक गरे। उनले आफ्नो एक इन्स्टाग्राम पोस्टमा ईशाको लागि लेखेका थिए – ‘म तिमीलाई खुशी पार्न चाहन्छु किनकी तिमी नै मेरो खुशीको कारण हौँ।’ ईशाले पनि यस्तै खाले पोस्ट गरेकी थिईन्। उनले लेखेकी थिईन् – ‘माई म्यान, माई सोलमेट, माई बेस्ट फ्रेन्ड, द लव अफ माई लाइफ।’
हालै उर्वशीले हिराजडित एक मास्क लगाएको भिडियो शेयर गरेकी थिईन्। यस मास्कको कथित मूल्यले निकै चर्चा बटुलेको थियो। सञ्चारमाध्यमहरुका अनुसार त्यो मास्कको मूल्य करिब ३ करोड भारतीय रुपैयाँ रहेको बताईएको थियो। यो भन्दा अघि पनि उर्वशीले यस्तै महँगो चीज लगाएर तस्बिर सार्वजनिक गरेकी थिईन्।