सोनम र काजलको बिना-मेकअपको फोटो देख्दा तर्सिए फ्यान, भयो व्यापक ट्रोल

एजेन्सी : फिल्म र टिभीको चमकधमकको दुनियाँमा लागेका कमै स्टार बिना मेकअपमा देखिन्छन्। तैपनि कुनै स्टारहरु मेकअप बिना सार्वजनिक रुपमा देखिन्छन्। भारतीय चलचित्र अभिनेत्री तथा प्रसिद्ध अभिनेता अनिल कपूरकी छोरी सोनम कपूरले बिना मेकअपको फोटो शेयर गरेकी थिइन्। त्यसपछि अर्की एक्ट्रेस काजलले पनि बिना मेकअपको फोटो शेयर गरेकी थिईन्।

बलिउड बाहेक काजल साउथ फिल्म इन्डस्ट्रीमा पनि धेरै चर्चित छिन्। आफ्नो तस्विरसँग काजलले लेखेकी छिन्, ‘मान्छे आफुले आफुलाई धेरै खोज्न सक्दैन। हामी यस्तो दुनियामा बस्छौँ जहाँ मान्छे बाहिरी सुन्दरता पाउनको लागि पागल छन्, किनभने सोशल मीडियामा यस्तो सुन्दरतालाई धेरै मान्यता दिइन्छ। लाखौँ पैसा खर्च गरेर कस्मेटिक्स र सौन्दर्यमा खर्च गर्छन् यो कुराको आशमा कि यसले पर्फेक्ट बडी दिन्छ।


काजल अगाडी लेख्छिन् , ‘आत्ममुग्धता सबै ठाउँमा छ। त्यही पंक्तिमा हामी हुने कोसिस गर्छौँ। तर पनि हामी आफ्नो वास्तविक रुपमा तब खुशी हुन्छौँ जब हामी यो स्वीकार गर्छौ हामी को हौ र कसको छविलाई परिभाषित गर्दै छौ। यद्यपि मेकअपले बाहिरी व्यक्तित्वलाई सुन्दर बनाउँछ। के यसले हाम्रो चरित्रको निर्माण र परिभाषित गर्छ कि हामी को हौँ ? कति सही भनेका छन् आफुले आफुलाई स्वीकार गर्न सिक्न पर्छ हामी कति प्यारो छौँ।’


यो भन्दा पहिला ग्ल्यामर लुकलाई छोडी सोनम पनि बिना मेकअपमा देखिएकी थिइन्। सोनमले आफ्नो इन्स्टाग्राममा आफैले यो तस्विर शेयर गरेकी थिईन्। उनले क्यापशनमा लेखेकी छन् – ‘बिना मेकअपमा’। ३३ वर्षीय सोनम कपूरले तस्विरमा मजेन्टा कलरको ड्रेस लगाएकी छिन् र कपाल छोडेकी छिन्।

सामाजिक सञ्जालमा अधिकांसले बिना मेकअपको फोटो आफ्नै इन्स्टाग्राममा हालेको भन्दै सोनम र काजल दुवैको तारिफ गरेका छन् भने केहीले भद्दा देखिएको भन्दै व्यापक ट्रोल गरेका छन्। एक इन्टरनेट प्रयोगकर्ताले हास्यापद तरिकामा प्रतिक्रिया दिएका छन्। उनले यी अभिनेत्रीको बिना कपडाको फोटो हेर्दा आफू तर्सिएको बताएका छन्।

प्रकाशित : सोमबार, बैशाख ०६, २०७८२३:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महामारीको बेला मोजमस्ती गर्न गएपछि भड्किए फ्यान, भने – ‘हामीलाई ज्ञान बाँडेर आफूचाहिं…’