महामारीको बेला मोजमस्ती गर्न गएपछि भड्किए फ्यान, भने – ‘हामीलाई ज्ञान बाँडेर आफूचाहिं…’

एजेन्सी : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीव्र वेगमा बढिरहेको छ। धेरै राज्यहरुमा आंशिक कर्फ्युको स्थिति भने कतै लकडाउन गरिएको छ । बलिउड फिल्मी नगरी मुम्बईमा पनि कोरोनाको प्रकोप ह्वात्तै बढेको छ। महाराष्ट्र सरकारले आउँदो अप्रिल ३० तारिखसम्म कर्फ्यूको घोषणा गरेपछि चलचित्रका छायांकन पनि प्रभावित बनेका छन्। योसँगै बलिउडका कलाकारहरु भ्याकेसन मनाउन देश बाहिर जान थालेका छन्। पछिल्लो केही दिनमा दीपिका पादुकोण, रणवीर सिंह, टाइगर श्रफ सहित थुप्रै स्टार्स देश बाहिर छुट्टी मनाउन रवाना भईसके।

स्टार्स देशबाहिर घुम्न जाने लहर लागेसँगै मानिसहरुले उनीहरुका आलोचना गर्न सुरु गरेका  छन्। सामाजिक सञ्जालमा स्टार्सको भ्याकेसन फोटोलाई मानिसहरुले निशाना बनाएका छन्। पछिल्लो समय राखी सावन्त र उपन्यासकार शोभा डेलेले विषम परिस्थितिमा स्टार्सको भ्याकेसन पोस्ट्समा असन्तुष्टि जनाएकी थिइन्।

दीपिका पादुकोण र रणवीर सिंह गत हप्ता एयरपोर्टमा देखिएका थिए। एयरपोर्ट देखा परेको उनीहरुको तस्बिर सार्वजनिक भएसँगै एक युजरले लेखेका छन् – ‘दनदनी आगो लागेको छ बस्तीमा, म त छुँ आफ्नै मस्तीमा। हामी बलिउडबाट यति धेरै अपेक्षा किन राख्छौं ? एक साधारण भारतीय अहिले हनिमूनको लागि जाँदैनन् किनकी उनीहरु डराउँछन्, बलिउडलाई थाहा छ जे सुकै होस् सरकारले बोलाउनेछ। यिनीहरुलाई केही फरक पर्दैन्।’

दिशा पटानी र टाइगर श्रफ पनि १८ अप्रिलमा एयरपोर्टमा देखिएका थिए। मानिसहरुले टाइगर र दिशा को एयरपोर्टको फोटोमा कमेन्ट गर्दै लेखेका छन् – ‘यिनी आम जनतालाई स्थिति बुझ्न र घरमै बस्न भन्छन्। आफूचाहिं माल्दिभ्समा छुट्टी मनाईरहेको छ।’

प्रसिद्द भारतीय लेखिका तथा उपन्यासकार भारतीय लेखिका र उपन्यासकार शोभा डेले पोस्ट शेयर गर्दै लेखेकी छिन् – ‘जति पनि मानिसहरु यतिबेला गोवा र माल्दिभ्समा छुट्टी मनाईरहेका छन्, तिनलाई यो कुरा अवगत गराउन चाहन्छु कि यो महामारीको समय हो। कृपया असंवेदनशील र बेवकूफ नाबन्नुहोला। आफ्नो ऐश, आराम र विलासितीको तस्बिर सामाजिक सञ्जालमा हाल्न बन्द गर्नुहोला।’

आलिया भट्ट र रणवीर कपूर पनि १९ अप्रिलमा माल्दिभ्स प्रस्थान गरेका थिए। दुवैजना म्याचिङ लुकमा एयरपोर्टमा देखिएका थिए। एक युजरले लेखेका छन् – ‘तपाईहरुलाई आफैँ देख्दा लाज लाग्नुपर्ने हो। तपाईहरुजस्तै सेलेब्सले, सेलेब्स र आम मानिसबीचको वास्तविक फरक देखाइरहनुभएको छ। एकातिर आम सामान्य मानिस आफ्नो बच्चाको पेट पाल्नको लागि खुब मेहनत गरिरहेका छन् भने अर्कातिर तपाईहरु मज्जा मात्र लुटिरहनु भएको छ।’

सामाजिक सञ्जालमा थुप्रै स्टार्स आलोचित बनेका छन्। बलिउड सेलेब्सको यस्तो हर्कत देखेर मानिसहरु भड्किएका छन्। उनीहरुलाई स्टार्सको यो भ्याकेसन बिल्कुलै पचिरहेको छैन।

प्रकाशित : मङ्गलबार, बैशाख ०७, २०७८०७:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सलमानले मेरी आमाको ज्यान बचाए…भन्दै बीच सडकमा घुँडा टेकेर रोइन् राखी