सुशान्तको जस्तै कार्तिकको पनि हुनेछ करियर बर्बाद, करण जोहरसँग भयो विवाद

एजेन्सी : सामाजिक सञ्जालमा एक पटक फेरी पनि सुशान्त सिंह राजपूतलाई उनका फ्यान्सले याद गरेका छन्। कारण हो कार्तिक आर्यन। खासमा कुरा के हो भन्दा कार्तिक आर्यनले करण जोहरको फिल्म ‘दोस्ताना २’ मा काम गर्न इन्कार गरेका छन्। र उनको फिल्मलाई छोडेका छन्। कार्तिक आर्यनले फिल्म छोड्नुको कुनै कारण खुलाएका छैनन् तर बलिउड मिडियाहरुले निकट श्रोतलाई उद्द्रित गर्दै कार्तिकसँग डेट्सको कमी रहेको जानकारी दिएका छन्। यसकारण आधा शूटिङ गरेपछि उनले फिल्म छोडेका हुन्। अब कार्तिक आर्यनका यस कुरा मान्न उनका फ्यान्स राजी छैनन् किनकी कार्तिकले सन् २०१८ मै साइन गरेको यो फिल्म डेट्सको कारण छोड्नु अपत्यारिलो लाग्छ। कार्तिकले बीचैमा काम छोडेको आरोप लागेपनि धर्मा प्रोडक्सनले शुटिंग जारी रहेको फिल्म दोस्ताना-२ बाट निकालेको हल्ला छ।

बलिउड फिल्मी गल्लीमा करण जोहर, दोस्ताना २ का डायरेक्टर कोलीन डीचुन्हासँगको लगातार भईरहको कार्तिकको मनमुटावलाई फिल्म छोड्नुको कारण मानिएको छ। यस खबर पुष्टि करण जोहरले कार्तिक आर्यनलाई सामाजिक सञ्जालमा अनफलो गरी दिएका छन्। कार्तिक आर्यनसँग करण जोहरले गरेको व्यवहारको सामाजिक सञ्जालमा धेरै आलोचना भईरहेको छ। फ्यान्सले कार्तिक आर्यन बलिउडको दलदलमा नफसून भनेर चिन्ता व्यक्त गरेका छन्। फ्यान्सले चौतर्फी रुपमा कार्तिकलाई आफ्नो सक्षमतामा भरोसा गर्न अनुरोध गरेका छन्। उनलाई सुशान्त सिंह राजपूतसँग तुलना गरिएको छ र हरेश नखान प्रेरित गरिरहेका छन्। एक पटक फेरी पनि सामाजिक सञ्जालमा  बलिउड बोयकटको ह्यासट्याग सुरु भएको छ। विवादको खास कारण अहिलेसम्म स्पष्ट पारिएको छैन। सामाजिक सञ्जालमा करण जोहरलाई टार्गेट गरिएको यो पहिलो पटक भने होइन। नेपोटिज्मलाई बढावा दिएको आरोपमा करण निकै आलोचित हुने गर्छन्।

अभिनेत्री कङ्गना रनौतले सुशान्त सिंह राजपूतको हवाला दिंदै कार्तिक आर्यनलाई धर्मा प्रोडक्सनले निर्माणाधीन फिल्म दोस्ताना-२ निकालेको विषयमा प्रतिक्रिया दिएकी छिन्। उनले यदि कार्तिक आर्यनलाई सहयोग नगर्ने हो भने सुशान्त सिंह राजपूतको जस्तै हालत हुने भन्दै दुख व्यक्त गरेकी छिन्।

सन् २०२० बलिउडको लागि दुखद रह्यो। यस वर्ष बलिउडले आफ्नो थुप्रै दिग्गज कलाकारहरु गुमायो। ती कलाकारहरुमा सुशान्त सिंह राजपूत पनि थिए, जसको मृत्युको खबरले सम्पूर्ण बलिउडप्रेमीलाई शोकमा डुबाएको थियो। सुशान्त सिंह राजपूत बलिउडमा एक आउटसाइडर थिए। जुन पनि फिल्ममा उनले काम गरे ती काम कसैको सिफारिस या कसैको पहुँजको आडमा पाएका थिएनन्। आफ्नो कला कौशलताको दममा उनले सफलता हासिल गरेका थिए। सुशान्त आफ्नो दममा चाँडै बलिउडमा स्थापित भए । उनले ‘काई-पो-चे’, ‘सोनचिडिया’, ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’, ‘राब्ता’, ‘केदारनाथ’, ‘छिछोरे’ जस्ता सुपरहिट फिल्महरुमा काम गरे।

बलिउडमा बढ्दो लोकप्रियताको कारण उनी धेरै मानिसहरुका आँखाको तारो बने तर पनि बाहिरी रुपमा कुनै विवाद सार्वजनिक भएनन्। १४ जून २०२० उनको मृत्युपछि बलिउड माया नगरीका अनेक गुप्त राजको पर्दाफास भयो। त्यसपछि खबर सार्वजनिक भयो कि सलमान खानसँग  एक पार्टीमा झगडा भएपछि कथित रुपमा सलमान खानले सुशान्तको करियर समाप्त पार्ने धम्की दिएका थिए। र साथै करण जोहरले पनि सुशान्त सिंह राजपूतको करियर समाप्त पार्न उनको फिल्म ‘ड्राइभ’ लाई रिलिज नै हुन् दिएनन्।


२० दिन छायांकनसमेत गरिसकेको फिल्मबाट कार्तिक आर्यनलाई निकाल्नु रहस्यमय विषय बनेको छ। समय अभाव तथा चलचित्रको कथा मन नपरेका कारण चलचित्रबाट उनले हात झिकेको भनिएको छ। करण जोहरसँगको सम्बन्ध बिग्रिएको कारण उनका लागि धर्मा प्रोडक्सनको ढोका सधैँको लागि बन्द भएको छ। बलिउडकै सबैभन्दा ठूलो चलचित्र निर्माण कम्पनी धर्मा प्रोडक्शनसँगको टकराव कार्तिकका लागि कति भारी पर्ने हो, त्यो आगामी दिनहरुले बताउनेछ।

प्रकाशित : सोमबार, बैशाख ०६, २०७८०८:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जब सलमान खान गर्लफ्रेन्डको बेडरुममा रङ्गेहात समातिए…