जब सलमान खान गर्लफ्रेन्डको बेडरुममा रङ्गेहात समातिए…

काठमाडौँ : सलमान खान जति फिल्महरुका कारण चर्चामा आउँछन् त्यो भन्दा बढी उनको प्रेम जीवनले धेरै ध्यानाकर्षित गर्छ। संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय बच्चन, कट्रिना कैफ, युलिया वन्तुर लागयत थुप्रै बलिउड सुन्दरीसँग सलमानको नाम जोडिदै आएको छ।

ऐश्वर्या बाहेक सलमानको सबै पूर्व प्रेमिकाहरुसँग सम्बन्ध राम्रो छ। र आफूले आयोजना गरेको पार्टीहरुमा सलमान सबै प्रेमिकाहरुलाई बोलाउँछन्।

‘दस का दम’ नामक टिभी शोमा सलमान खानले एक मजेदार किस्सा सुनाएका छन्। उनले आफू एक पटक आफ्नो गर्लफ्रेन्डलाई भेट्न गर्लफ्रेन्डको घर गएको कुरा बताए। र त्यतिबेला उनी र उनको गर्लफ्रेन्ड बाहेक घरमा कोहीँ नभएको कुरा खोले।

अचानक केटीको घरपरिवार घर आए। सलमान आत्तिए र लुक्नको लागे ठाउँ खोज्न थाले। बेडरुम नजिकको दराजमा उनको नजर पर्यो। बल्लतल्ल सलमान त्यो दराजभित्र छिरे र लुक्न सफल भए।

दराजमा अलि-अलि धुलो थियो र सलमानलाई हाच्छ्यु आयो। उनलाई आफूलाई रोक्न सकेनन् र बेस्सरी हाच्छ्यु गरे। जसको आवाज सुनेर उनी रङ्गेहात पक्रिन पुगे। सलमानले गर्लफ्रेन्डको नाम भने खुलाएनन्।

प्रकाशित : सोमबार, बैशाख ०६, २०७८०९:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दिशाले शेयर गरिन् २८ वर्षे लोभलाग्दो बैंशको यस्तो फोटो, १ घण्टामै आयो १२ लाख लाइक्स