वृश्चिक राशिलाई २०७८ साल राम्रो-नराम्रो कस्तो रहला ? हर्नुहोस् वार्षिक राशिफल

वृश्चिक राशि – (SCORPIO) तो, ना, नि, नु, ने, नो, या, यि, यु : वृश्चिक राशिका मानिसको लागि यो वर्ष मध्यम रहनेछ। नजिकका व्यक्तिहरुसँग वाद-विवादको स्थिति आउनुका साथै आर्थिक संकटको सामना गर्नु पर्नेछ। मानसिक अशान्ति रहन्छ। सामाजिक मान-सम्मानमा वृद्धि हुनेछ।

व्यापार-व्यवसायको दृष्टिकोणबाट यो वर्ष तपाईंको लागि अत्यन्त शुभ साबित हुनेछ। कसैलाई दिइएको पैसा फिर्ता आउने सम्भावना रहेको छ। सेयरबजार क्षेत्रमा संलग्न मानिसले यो वर्ष सक्दो लाभ उठाउनेछन्। तरल पदार्थ र खाद्यान्नको कारोबारमा भने समय त्यति अनुकूल नरहला। वर्षभर नै तपाईंको आर्थिक स्थिति मजबूत रहनेछ।

प्रेम सम्बन्धको हिसाबले वृश्चिक राशिका मानिसको लागि यो वर्ष मध्यम रहनेछ। दाम्पत्य जीवन सुखमय रूपले बित्नेछ। प्रेम सम्बन्ध सुमधुर हुँदै जानेछ। परिवारका सदस्यबाट पूरा साथ सहयोगको अपेक्षा राख्न सकिन्छ। साथी-भाईसँगको सम्बन्ध सुमधुर हुनेछ।

कार्यक्षेत्रमा केहि समस्या आउनसक्छ। नयाँ रोजगारको खोजीमा रहेका मानिसले सफलता प्राप्त गर्न सक्छन्। सरकारी क्षेत्रमा काम गर्ने मानिसहरु कानूनी झमेलामा फस्न सक्छन्, सजग रहनुहोला। राजनैतिक क्षेत्रमा पनि विविध समस्या आउला।

स्वास्थ्यको हिसाबले भन्नु पर्दा आँखा सम्बन्धि समस्याले सताउन सक्छ। साथै, पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ। खानपानमा विशेष साव्धान रहनु पर्नेछ। आफन्त तथा परिवारका सदस्यको स्वास्थ्य चिन्ताको कारण बन्न सक्छ।

शिक्षा क्षेत्रको बारेमा कुरा गर्दा यो वर्ष वृश्चिक राशिका मानिसको लागि अनुकूल रहनेछ। विद्यार्थी वर्गको लागि वर्षको सुरुवातमा शैक्षिक क्षेत्रमा सफलता प्राप्त भएता पनि वर्षको अन्त्य भने त्यति सुखद् नरहला। वैदेशिक शिक्षाका लागि गएका मानिसको लागि समय त्यति अनुकूल नरहन पनि सक्छ।

प्रकाशित : आइतबार, बैशाख ०५, २०७८१९:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कर्कट र मीनलाई राम्रो छैन भोलिको दिन, तपाईको राशिको लागि कस्तो रहला ? राशिफल