कर्कट र मीनलाई राम्रो छैन भोलिको दिन, तपाईको राशिको लागि कस्तो रहला ? राशिफल

पञ्चाङ्ग : –  ।।।। दिन : सोमवार ।।।।  नक्षत्र : पुनर्वशु , २६:३३ बजे उप्रान्त तिष्य ।।।।  तिथि : सप्तमी , १९:१५ बजे उप्रान्त अष्टमी ।।।। करण : गर ६:५२ बजेदेखि वणिज , १९:१५ बजे उप्रान्त वालव ।।।। योग : सुकर्मा , १६:२६ बजे उप्रान्त धृति ।।।। चैत्र शुक्लपक्ष ।।।। वैशाख ०६, २०७८ ।।।। १९ अप्रिल २०२१ ।।।। चौलाथ्व, ११४१ ने.सं. ।।।। सूर्योदय(Sunrise) ५:३८ : सूर्यास्त(Sunset) १८:३० ।।।।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :  नयाँ काम गर्नको लागि प्रेरणा मिल्नेछ। यद्यपि तपाईको विचारमा स्थिरताको अभाव रहनेछ। केही मामिलामा उल्झन अनुभव गर्नुहुनेछ। रोजगार वा व्यवसायमा प्रतिस्पर्धात्मक वातावरण रहनेछ। भाई-बन्धुसँग मेलमिलाप हुनेछ। स्त्रीले बोलीमा नियन्त्रण गर्नुपर्नेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : मनको दुविधाको कारण महत्त्वपूर्ण अवसरबाट वन्चित हुनुपर्नेछ। नयाँ कार्यको आरम्भ नगर्नुहोला। कुराकानी गर्दा अर्कै व्यवहार गर्दा संघर्ष खडा हुनेछ। आर्थिक लाभ होला। विधार्थीको लागि शुभ समय रहेको छ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : दिन ताजगी र स्फूर्तिबाट परिपूर्ण रहनेछ। उत्तम भोजन ,कपडा र आफन्तसँग दिन आनन्दमा बिताउनु हुनेछ। दाम्पत्यजीवनमा सुख- सन्तोषको अनुभव गर्नुहुनेछ। आर्थिक लाभ र आयोजनको लागि अनुकुल दिन रहेको छ। खर्च अधिक रहनेछ। नकारात्मक विचारबाट टाढा रहनुहोला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : परिवारमा मनमुटाव आउनेछ। त्यसैले मानसिक बेचैनी अनुभव गर्नुहुनेछ। कसैसँग गलत धारणा वा वाद-विवाद हुनेछ। स्वास्थ्य सम्बन्धि लापरवाहीले स्वास्थ्यमा असर पर्नेछ। अदालती मामलामा सम्हालेर रहनुहोला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : तपाईको दिन लाभदायक साबित हुनेछ। तर मध्यान्नपछि मनमा दुविधा भएको कारण हातमा आएको गुमाउनु हुनेछ। स्त्री मित्रसँग भेट र लाभ हुनेछ। वृद्दको आशीर्वाद प्राप्त गर्नुहुनेछ। घरमा माँगलिक कार्य हुनेछ। व्यापारीको व्यापार वृद्धि हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : नयाँ कार्यको सुरुवात गर्नको लागि मनमा बनाईएको योजना साकार हुनेछ। पितासँग आत्मीयता बढ्नेछ। व्यापारी र रोजगारमा आफ्नो क्षेत्रमा अगाडी बह्दने योग रहेको छ। धन, मान- सम्मान वृद्धि हुनेछ। सरकारको तर्फबाट लाभ मिल्नेछ। गृहस्थजीवनमा सुखशान्ति र संवादित रहनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : नयाँ कार्यको आरम्भ गर्नुहुनेछ। लामो दूरीको यात्रा वा तीर्थस्थानको भेट हुनेछ। विदेशगमनको लागि अवसर निर्मित हुनेछ तथा विदेश बस्ने मित्र वा आफन्तको समाचार प्राप्त गर्नुहुनेछ। सन्तानको समस्याको कारण चिन्तित रहनुहुनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : बोलि र व्यवहारमा ध्यान राख्नुहोला। दैनिक कार्यको अतिरिक्त नयाँ कार्य हातमा लिनु उचित रहेको छैन। बिरामी रहन सक्नुहुन्छ। त्यसैले खानपानमा विशेष ध्या दिनुहोला। आध्यात्मिक साधनाको लागि शुभ समय रहेको छ। चिन्तन-मननमा समय बिताउनुहुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : पार्टी पिकनिक , सुन्दर भोजन र वस्त्र परिधानको कारण दिन विशेष रहनेछ। मनोरंजनको दुनियामा समय बिताउनुहुनेछ। विपरीत लिंगीय व्यक्तिसँग भेट रोमाञ्चक रहनेछ। दाम्पत्यजीवनमा उत्तम सुख प्राप्ति हुनेछ। सार्वजनिक सम्मान र प्रसिद्दि प्राप्त हुनेछ। बौद्धिक, तार्किक विचार- विनिमय रहनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : व्यापार- धन्दाको विकास र आर्थिक आयोजनको लागि दिन अनुकूल रहेको छ। वसूली वा पैसाको लेन-देनमा सफलता मिल्नेछ। आयात- निर्यातको व्यापारमा लाभ मिल्नेछ। परिवारमा हर्षोल्लासको वातावरण रहनेछ। आर्थिक लाभ हुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : मानसिक अशांति र उद्वेगमे दिन रहनेछ। छिटोछिटो बद्लिएको विचारको कारण अनिर्णायकता रहनेछ। त्यसैले ठोस निर्णय लिन सक्नु हुनेछैन। सन्तानको प्रश्नले समस्यामा रहनु हुनेछ। पेटको बिरामीले पीडित रहनु हुनेछ, कार्य निष्फलताले निराशा पैदा हुनेछ। साहित्य लेखनको लागि अनुकूल दिन रहेको छ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : पारिवारिक सदस्यसँग मतभेद उत्पन्न हुनेछ। आमाको स्वास्थ्यको चिन्ताले सताउनेछ।स्वास्थ्य खराब होला। मानसिक उद्वेग,धन र मानहानि हुनेछ। रोजगारमा समस्या उत्पन्न हुनेछ। स्त्रीसँग सम्बन्ध हानिकारक साबित हुनेछ ।

प्रकाशित : आइतबार, बैशाख ०५, २०७८२१:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मकर र कुम्भलाई अनुकूल, तपाईको दिन शुभ-अशुभ कस्तो रहला ? हेर्नुहोस् राशिफल