यी अभिनेत्रीले फुलबुट्टे सारी सपक्क पार्दा देखिन्छ लोभलाग्दो मस्त जवानी, थामिन्छ सास

एजेन्सी : बलिउड अभिनेत्रीहरु अवार्ड फंक्सनमा जाँदा होस् या कुनै पार्टीमा जाँदा होस् प्राय: वेस्टर्न ड्रेस नै लगाउँछन्। तर सारी लगाउनु यस्तो फेशन हो, जुन सदावहार रहन्छ। आम युवती होस् या विशेष मान्छे, खास अवसरमा उपस्थति जनाउन जाँदा सारी नै पहिलो रोजाईमा पर्छ। बलिउड अभिनेत्रीहरुले पनि विशेष अवसरहरुमा जाँदा पहिरनको लागि छनोटका धेरै विकल्पहरु भए पनि सारीलाई नै रोजेका छन्। बलिउड अभिनेत्रीहरुका सुगठित लोभलाग्दो जिउडालमा फुलबुट्टे सारी लपक्क लगाउँदा मस्त जवानी देखिन्छ।

आज हामी तपाईलाई ती अभिनेत्रीहरुका बारेमा बताउँछौं जसले सारी लगाउँदा जोकोहीँको सास एकछिनको लागि थामिन्छ। सारीसँगै स्टाइलिश ब्लाउज र ज्वेलरी लगाउँदा झन् सुन्दरतामा चार चाँद लाग्छ।

करीना कपूर खान(Kareena Kapoor Khan) : करीना कपूर खान हरेक आउटफिटमा सुन्दर देखिन्छिन्। झन् सारीमा त कुरै नगर्दा हुन्छ। झन् सुन्दर देखिन्छिन्। दुई बच्चाको आमा करीना उमेरले ४१ वर्ष भए पनि सुन्दरतामा कुनै कमी आएको छैन।

तमन्ना भाटिया(Tamanna Bhatia) : मुख्यतया तमिल-तेलुगु चलचित्रहरू र  हिन्दी चलचित्रहरूमा पनि अभिनय गर्ने अभिनेत्री तमन्नाका लाखौँ दीवाना छन्। तमन्ना पनि सारीमा अत्यन्तै सुन्दर देखिन्छिन्।

दीपिका पादुकोण(Deepika Padukone) : बलिउड चलचित्र उद्योगकी सबैभन्दा चर्चित अभिनेत्रीहरू मध्ये एक र सर्वाधिक पारिश्रमिक लिने भारतीय महिला अभिनेत्री दीपिका पादुकोण अभिनय बाहेक उनको व्यक्तित्वको पनि लाखौँ फ्यान्स छन्। दीपिका पनि प्राय: सारी लगाउँछिन्।

प्रियङ्का चोपडा(Priyanka Chopra) :  इन्टरनेशनल स्टार बनिसकेकी देशी गर्ल प्रियंका चोपडालाई सारीमा बिछट्टै राम्री देखिन्छिन्। प्रियंका विभिन्न कार्यक्रम, सभा-समारोहमा प्राय: सारीमै देखा पार्छिन्।

कृति सेनन(Kriti Sanon) : जब बलिउडमा कुनै स्टारको विवाह हुन्छ तब सारी पहिलो रोजाईमा पर्छ। भारतीय मोडल तथा अभिनेत्री कृति सेननको पनि पहिलो रोजाई सारी नै हो। सारीमा उनको रुप धपक्क बलेको जस्तो देखिन्छ।

कंगना रनौत(Kangana Ranaut) : बलिउडको क्वीन मानिने कङ्गनाको सारीप्रति छुट्टै लगाव छ। मूवी प्रोमोसन, पार्टी र यहाँसम्म कि एयरपोर्टमा पनि कङ्गना सारीमै देखिन्छिन्। उनको यस्तो अवतारलाई मानिसहरुले असाध्यै मन पराउने गरेका छन्।

श्रद्धा कपूर(Shraddha Kapoor) : भारतमा सबैभन्दा लोकप्रिय र सबैभन्दा बढी कमाई गर्ने अभिनेत्रीहरूको सूचीमा समावेश श्रद्धा आफ्नो क्युटनेसले हरकोहीँलाई घायल पार्छिन्। अभिनेत्री श्रद्धा पनि विवाहोत्सवमा सारी नै लगाउन मन पराउँछिन्।

कट्रिना कैफ(Katrina Kaif) : वर्षौंदेखि भारतीय फिल्म उद्योगमा काम गरिरहेकी अभिनेत्री कट्रिना कैफ पनि विशेष अवसरहरुमा सारी लगाउन मन पराउँछिन्। सारीमा उनलाई असाध्यै राम्री देखिन्छ।

उर्वशी रौटेला(Urvashi Rautela) : भारतको उत्तराखण्डकी सुन्दरी उर्वशी रौटेला पनि सारीमा बिछट्टै राम्री देखिन्छिन्।

आलिया भट्ट(Alia Bhatt) : २ स्टेट्स (२०१४), हम्प्टी शर्मा की दुल्हनिया (२०१४), कपुर एण्ड सन्स (२०१६), डियर जिन्दगी (२०१६) र बद्रीनाथ की दुल्हनिया (२०१७) लगायतका चलचित्रको व्यवसायिक सफलताका कारण बलिउडमा स्थापित भएकी अभिनेत्री आलिया बलिउडको स्टाइलिश अभिनेत्री मध्ये एक हुन्। उनी हरेक आउटफिटमा स्टनिङ देखिन्छिन्। विशेष अवसरहरुमा मात्र आलिया सारी लगाउन मन पराउँछिन्।

प्रकाशित : आइतबार, बैशाख ०५, २०७८११:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुशान्तको जस्तै कार्तिकको पनि हुनेछ करियर बर्बाद, करण जोहरसँग भयो विवाद