धन देखेपछि मन लोभियो : यी हुन् पैसाकै लागि आफुभन्दा बुढा पुरुषहरुसँग विवाह गर्ने अभिनेत्री

एजेन्सी : बलिउडका कुनै समयका चर्चित नायिकाहरु अहिले परिवारिक जीवनमा व्यस्त छन् । अहिले उनीहरुसँग नाम र दाम दुवै छ । तर उनीहरुले पैसाकै लागि आफुभन्दा बुढा पुरुषहरुसँग विवाह गरेका थिए । आज त्यस्तै ८ बलिउडका पैसाका लागि बुढो पनि नभनी विवाह गरेका अभिनेत्रीहरुको बारेमा कुरा गर्दै छौँ। जसलाई पैसाकै लागि विवाह गरेको भनेर आरोप समेत लागेको थियो । हेरौँ को-को हुन् ती अभिनेत्री ?

तुलिप जोशी(Tulip Joshi) : तुलिप जोशीको जन्म मुम्बईमा ११ सेप्टेम्बर १९७९ मा भएको हो । उनको बुवा एक गुजराती भारतीय र आमा अर्मेनियन(Armenian) हुन् । उनले आफ्नो प्राथमिक र उच्च माध्यमिक शिक्षा मुम्बईको जमनाबती नर्सी स्कुलबाट प्राप्त गरेकी हुन् । तर उनले आफ्नो विवाह ४५ वर्षीय बिजनेसम्यान क्याप्टन नायर(Captain Vinod Nair)सँग गरेकी थिइन् । उनले मेरे यार की शादी हे मा अभिनय गरेकी छिन् ।


सेलिना जेटली(Celina Jaitly) : सेलिना जेटलीको जन्म २४ नोभेम्बर १९८१ मा भएको थियो । उनी एक भारतीय अभिनेत्री हुन् जो मुख्य रूपले बलिउडमा अभिनय गर्ने गर्छिन । उनी भूतपूर्व सुन्दरी र मोडल हुन् । उनले सन् २००१ मा फेमिना मिस इन्डियाको उपाधि जितेकी थिइन् । पछि उनले पनि अस्ट्रियाका धनाड्य पीटर हग(Peter Haag)सँग विवाह गरेकी थिइन् । तर पछि उनले पैसाको लागि विवाह गरेको हल्ला चलेको थियो ।


आयशा टाकिया(Ayesha Takia) :  बलिउडमा आफ्नो सुन्दरताले लाखौँलाई लट्ठ बनाएकी चर्चित अभिनेत्री आयशा टाकिया पनि धनाड्य फरहान आजमी(Farhan Azmi)सँग विवाह गरेकी थिइन्। एक जानकारी अनुसार उनले पैसाको लागि बलिउड फिल्म क्षेत्र नै छोडेर फरहानसँग विवाह गरेको बताइन्छ । हाल उनी बलिउडबाट टाढा छिन्।


जूही चावला(Juhi Chawla) : बलिउडमा चर्चित अभिनेत्री जुही चावलाले पनि पैसाकै लागि जय मेहता(Jay Mehta)सँग विवाह गरेको आरोप लागेको थियो । किनभने उनले आफुभन्दा धेरै उमेर बुढो जयसँग विवाह गरेकी थिइन् ।


विद्या बालन(Vidya Balan) : बलिउडकी चर्चित अभिनेत्री विद्या बालनले पनि धनाड्यसँग विवाह गरेकी थिइन् । उनको जीवनसाथी सिद्धार्थ राय कपुर(Siddharth Roy Kapur) हुन् । उनको पनि पैसाको लागि विवाह गरेको भन्दै हल्ला चलेको थियो ।


शिल्पा शेट्टी(Shilpa Shetty) : बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टले पनि पैसाकै लागि आफुभन्दा धेरै वर्ष बुढो पुरुषसँग विवाह गरेको भनेर हल्ला चलेको थियो । त्यस्तै अमृता अरोडा(Amrita Arora) लाई पनि त्यसै भनिन्छ ।


प्रकाशित : शनिबार, बैशाख ०४, २०७८२१:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी अभिनेत्रीले फुलबुट्टे सारी सपक्क पार्दा देखिन्छ लोभलाग्दो मस्त जवानी, थामिन्छ सास