टाइगर श्रफलाई इम्प्रेस पार्न दिशा पाटनीले यतिसम्म गरेकी थिइन्….

एजेन्सी : फिल्म एमएस धोनीबाट आफ्नो करियर सुरुवात गरेकी अभिनेत्री दिशा पाटनी छोटो समयमै बलिउडमा स्थापित भईन्। दिशाको नाम अहिले बलिउडमा  सफल अभिनेत्रीहरुका सूचीमा आउँछ। हालै एक अन्तर्वार्तामा दिशाले आफ्नो करियर र लव लाइफको बारेमा विविध कुराहरु खुलाएकी छिन्।

दिशा पाटनी र टाइगर श्रफको दोस्ती कसैबाट लुकेको छैन। टाइगर र दिशालाई प्राय: एकसाथ देखिन्छ। दिशाले आफूले टाइगरलाई इम्प्रेस पार्नको लागि सबथोक गरिरहेको तर टाइगर इम्प्रेस नभएको स्पष्ट खुलाईन्।

दिशाले भनिन् – ‘टाइगर एकदम स्लो मोसन खाले छन्। म उनलाई इम्प्रेस गर्ने कोसिस गरिरहेको छु र यो कुरा उनलाई पनि बताउँछु पनि। मैले जिम्न्यास्टिक सिके र मैले एउटा फिल्म गरिसके जसमा फायर रिङमा फ्लिप गरेको छु। टाइगर यसबाट इम्प्रेस भएनन्।’ हरेश खाँदै दिशा भन्छिन् – ‘यस बाहेक म अरु के नै गर्न सक्छु र।’

दिशाले टाइगरको लागि आफ्नो प्रेम एकतर्फी रहेको कुरा स्वीकारिन्। उनी टाइगरसँग आफ्नो सम्बन्ध बढाउन चाहन्छिन् र दुईबीचको ‘असल मित्र’ को सम्बन्धलाई अघि बढाउन् आतुर छिन्।

आफ्नो लुक्सको बारेमा कुरा गर्दै दिशाले भनिन्, ‘फिजिकल्ली मेरो निकै ट्रान्सफर्मेसन भईसकेको छ तर रुपमा अझैं म लजालु नै छु। म एक यस्ती युवती हुँ, जसलाई शर्ट्स, बास्केटबल जर्सी र स्पोर्ट्स शू लगाउन असाध्यै मन पर्छ।’

दिशाले उत्साहपूर्वक भनिन् – ‘ जब म सानी थिए, त्यतिबेला म पूरा टम ब्वाय थिए। स्कूल पढ्दा मेरो कपाल एकदमै छोटो थियो। मोडेल बन्नु अघि मेरो स्कुलिङ बरेलीमा भयो र त्यसपछिका पढाई लखनऊ र नोयडामा भयो। म पाइलट बन्न चाहन्थे तर उमेर बढेसँगै मेरो इच्छा पनि बदलियो।’

प्रकाशित : शनिबार, बैशाख ०४, २०७८१५:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धन देखेपछि मन लोभियो : यी हुन् पैसाकै लागि आफुभन्दा बुढा पुरुषहरुसँग विवाह गर्ने अभिनेत्री