दिशा पटानीले बेडरुममा दिईन् सबैलाई लट्ठ बनाउने पोज, एक्लै हेर्नुहोला यी फोटोहरु

एजेन्सी : कोरोनाको केस दिनानुदिन बढेसँगै भारतमा अहिले फिल्म शूटिङ बन्द भएको छ र कोरोनाबाट बच्न स्टार्स घरमै बसिरहेका छन्। यसैबीच दिशा पाटनीले आफ्नो केही तस्बिरहरु पोस्ट गरेकी छिन् जुन सामाजिक सञ्जालमा अत्यधिक मन पराईनुको साथै धेरै हेरिएको छ। दिशा पटानीले यस पटक शेयर गरेका फोटोहरु निकै लोभलाग्दा छन्।

यी फोटोमा उनका फ्यान्सले सकारात्मक र नकारात्मक मिश्रित प्रतिक्रिया दिएका छन्। दिशा पाटनी यसरी नै हरेक पटक फ्यान्सहरुमाझ छाइरहन्छिन्। दिशा पाटनीले जुन फोटोहरु शेयर गरेकी छिन्, त्यसमा उनले आफ्नो लोभलाग्दो जिउडाल प्रदर्शन गरेकी छिन्। यस तस्बिरमा दिशा पाटनीले स्विम सूट लगाएकी छिन्। तस्बिरमा उनले आफ्नो पिठ्यु पनि देखाएकी छिन्। उनले यी तस्बिरमा केही पनि क्याप्सन लेखेकी छैन।

बलिउड अभिनेत्री दिशा पाटनीले आफ्नो फिल्मी करियर तेलुगु फिल्म ‘लोफर’ बाट सुरु गरेकी थिईन्। यो फिल्म सन् २०१५ मा रिलिज भएको थियो। बलिउडमा उनले सन् २०१६ मा रिलिज भएको फिल्म ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ बाट डेब्यु गरेकी थिईन्।

चलचित्र क्षेत्रमा कदम राख्नु अघि दिशा पाटनीले क्याडबरी डेरी मिल्कको विज्ञापनमा पनि काम गरेकी थिईन्। विज्ञापनको दुनियाँबाट ग्लामर इन्डस्ट्रीमा कदम राखेकी अभिनेत्री दिशा पाटनी अहिले बलिउडको चर्चित नाम बनिसकेकी छिन्।

दिशा पाटनीले एक म्युजिक भिडियो ‘बेफिक्रा’ मा पनि काम गरेकी थिईन्। यस म्युजिक भिडियोमा उनीसँग उनका कथित ब्वायफ्रेन्ड टाइगर श्रफ पनि थिए।  दिशा पाटनीलाई बलिउड इन्डस्ट्रीको सबैभन्दा फिट अभिनेत्री मानिन्छ। दिशा आफ्नो लुकका साथै आफ्नो फिटनेसको पनि विशेष ख्याल राख्छिन्।  दिशाले एक अन्तर्वार्तामा आफ्नो अभिनयको सपना पूरा गर्नको लागि पढाई बीचैमा छोडेको खुलाएकी थिईन्। उनले यो कुरा पनि बताएकी थिईन् कि उनी जम्मा ५०० भारु लिएर मुम्बई आएकी थिईन्।

टाइगर श्रफ अघि दिशा टिभी एक्टर पार्थ समथानलाई डेट गर्थिन्। दुवै जना करिब १ वर्षसम्म रिलेशनशिपमा बसेका थिए।  दिशा पाटनी एक्ट्रेस हुनुको साथै एक कुशल डान्सर पनि हुन्। कुनैबेला रणबीर कपूरको सबैभन्दा ठुलो क्रस थिए।  दिशा पाटनी प्राय: आफ्नो फेशन सेन्सको कारण पनि चर्चाको केन्द्रमा हुन्छिन्। रिभिलिङ ड्रेस पनि उनलाई अत्यन्तै सुन्दर देखिन्छ।

दिशा पाटनी अमेरिकी फेशन ब्राण्ड क्याल्भिन क्लेनको ब्राण्ड एम्बेसडर पनि हुन्। उनी अक्सर यस ब्राण्डको अन्डरगार्मेन्ट लगाई आफ्ना तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गर्छिन्। छोटो समयमा बलिउडमा स्थापित भएकी अभिनेत्री दिशा पाटनीले सुपरस्टार सलमान खानसँग पनि काम गर्ने अवसर पाईसकेकी छिन्। उनले सलमान खानको फिल्म ‘भारत’ मा सलमानको गर्लफ्रेन्डको भूमिका निभाएकी थिईन्। साथै उनले सलमानको ईदमा रिलिज हुन् लागेको फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ मा पनि महत्वपूर्ण भूमिका निभाउँदै छिन्।

प्रकाशित : शनिबार, बैशाख ०४, २०७८१४:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टाइगर श्रफलाई इम्प्रेस पार्न दिशा पाटनीले यतिसम्म गरेकी थिइन्….