साउथ सिनेमाको सबैभन्दा महँगो विवाह, पानी सरह पैसा बगाइएको थियो यी सुपरस्टार्सको विवाहमा

एजेन्सी : भारतीय विवाहको सौखिन खासमा को चाहिं छैन होला र। भारतीय विवाहको रितिरिवाजदेखि पहिरन र खानपिनमा यति खर्च गरिन्छ कि आम मानिसको बजेट नै बिग्रिन्छ। फिल्मी स्टारले पनि आफ्नो विवाहमा दिल खोलेर पैसा खर्च गर्छन्। आज हामी तपाईलाई यस सूचीमा ती साउथ फिल्म स्टारका बारेमा बताउनेछौं, जसको विवाह इन्डस्ट्रीको सबैभन्दा महँगो विवाहको सूचीमा आउँछ।

काजल अग्रवाल र गौतम किचलू : फिल्म अभिनेत्री काजल अग्रवाल (Kajal Aggarwal)ले दुनियाँलाई जिल्याउँदै गौतम किचलू(Gautam Kitchlu)सँग गरेको विवाह कोहीँ भन्दा कम थिएन्। उनको विवाह लकडाउनको समयमा भएको थियो। मिडिया रिपोर्ट्स अनुसार काजलले आफ्नो विवाहमा ५ लाख रुपैयाँको लेहँगा लगाएकी थिईन्। यति मात्र हैन उनको विवाहमा फोटोग्राफर्सलाई वेडिङ फोटोशूटको लागि प्रतिदिन १ लाख ५० हजारको दरले पारिश्रमिक दिईएको थियो।

अल्लू अर्जुन र स्नेहा रेड्डी : साउथ फिल्म स्टार अल्लू अर्जुन (Allu Arjun) ले आफ्नी गर्लफ्रेन्ड स्नेहा रेड्डी(Sneha Reddy) सँग धुमधामसँग विवाह गरेका थिए। उनको विवाह फिल्मी दुनियाँको सबैभन्दा महँगो विवाहमध्ये एक मानिन्छ। रिपोर्ट्स अनुसार येवडु स्टार अल्लु अर्जुनको विवाहमा पूरा १०० करोड भारतीय रुपियाँ खर्च भएको थियो।

राणा दग्गुबाती र मिहिका बजाज : फिल्म स्टार राणा दग्गुबाती (Rana Daggubati) र मिहिका बजाज (Miheeka Bajaj) को विवाह पनि कोरोना सङ्क्रमण कालमै भएको थियो। यहीँ कारण उनको विवाहमा जम्मा ३० मानिस सहभागी थिए। उनको विवाहमा धेरै मानिसको भीड नभए पनि यो विवाहलाई साउथ सिनेमा जगतको सबैभन्दा महँगो विवाहमध्ये एक मानिन्छ। राणा दग्गुबातीको विवाहमा डेकोरेसन देखि लिएर डिजाइनरद्वारा डिजाइन गरिएको कपडा र ज्वेलरीसम्म करौडौं रुपैयाँ खर्च गरिएको थियो।

राम चरण र उपासना कमिनेनी : साउथ सुपरस्टार चिरञ्जिवीका छोरा सुपरस्टार रामचरण(Ram Charan) ले गर्लफ्रेन्ड उपासना कमिनेनी(Upasana Kamineni) सँग सन् २०१२ मा विवाह गरेका थिए। उनको विवाहमा भारतीय सिनेमा जगतका ठुल्ठुला हस्तीहरु उपस्थित थिए। राम चरणको विवाह सबैभन्दा महँगो विवाहमध्ये एक मानिन्छ।

धनुष र ऐश्वर्या : तमिल फिल्म स्टार धनुष(Dhanush) सुपरस्टार रजनीकान्तका ज्वाई हुन्। रजनीकान्तकी छोरी ऐश्वर्या(Aishwarya)सँग धनुषले सन् २००४ मा विवाह गरेका थिए। उनको विवाह तमिल सिनेमाको सबैभन्दा महँगो विवाहमध्ये एक मानिन्छ।

सूर्या शिवकुमार र ज्योतिका : तमिल फिल्म अभिनेता सूर्या शिवकुमार (Suriya Sivakumar) र ज्योतिका (Jyotika) को प्रेम विवाह भएको थियो। यो साउथ फिल्म इन्डस्ट्रीको सबैभन्दा महँगो विवाहमा पर्छ। एक्टर सूर्या र ज्योतिकाको विवाहमा ठुल्ठुला फिल्म तथा राजनीतिक हस्तीहरु पुगेका थिए। सूर्याको विवाहमा जयललितादेखि रजनीकान्तसम्म पुगेका थिए। रिपोर्ट्स अनुसार अभिनेत्री ज्योतिकाले आफ्नो विवाहमा ३ लाख रुपैयाँको गुलाबी सारी लगाएकी थिईन्। साथै उनले हिराको ज्वेलरी लगाएकी थिईन्।

जूनियर एनटीआर र लक्ष्मी : टलिउड फिल्म स्टार जुनियर एनटिआर(Jr NTR) ले सन् २०११ मा एक साधारण युवती लक्ष्मी(Lakshmi) सँग मागी विवाह गरेका थिए। मिडिया रिपोर्ट्स अनुसार जुनियर एनटिआरको विवाहमा मण्डप बनाउन मात्र १८ करोड रुपैयाँ भारु खर्च भएको थियो। पारिवारिक निकट श्रोतले मिडियामा दिएको जानकारी अनुसार उनको विवाहमा १०० करोड भारु खर्च भएको थियो। साथै जुनियर एनटिआरको विवाहमा प्रत्येक निमन्त्रणा कार्डमा ३००० भारु खर्च गरिएको थियो।

स्नेहा र प्रसन्ना : अभिनेत्री स्नेहा (Sneha) र अभिनेता प्रसन्ना (Prasanna) ले पनि सन् २०१२ मा धूमधामसँग विवाह गरेका थिए। स्नेहाले आफ्नो विवाहमा सुनजडित लेहँगा लगाएकी थिईन्। जसको मूल्य त्यतिबेला करिब २ लाख भारु थियो। त्यस्तै अभिनेत्रीले ६ लाख रुपैयाँको सुनका गरगहना लगाएकी थिईन्।

प्रकाशित : शनिबार, बैशाख ०४, २०७८१२:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दिशा पटानीले बेडरुममा दिईन् सबैलाई लट्ठ बनाउने पोज, एक्लै हेर्नुहोला यी फोटोहरु