समाजसेवी सुपरस्टार यश : गाउँलेको लागि चर्को घाम, धुलो-धुँवा नभनी गर्दैछन् यस्तो काम

एजेन्सी : साउथ फिल्मका सुपरस्टार यश अहिले आफ्नो आउँदो फिल्म ‘केजिएफ २(KGF 2)’ को कारण चर्चामा छन्। यो फिल्मको शूटिङ पूरा भईसकेको छ। फिल्म अहिले पोस्ट प्रोडक्शन फेजमा छ। फिल्म कहिले आउँला भनेर उनका फ्यान्स व्यग्र प्रतीक्षामा छन्। यो फिल्म यहीँ वर्षको जुलाईमा रिलिज हुँदै छ। यसैबीच कन्नड फिल्म स्टार यशका केही तस्बिरहरु सामाजिक सञ्जालमा भाईरल भईरहेका छन्। जसमा फिल्म स्टार यश मजदूरसँग पसिना बहाईरहेको देख्न सकिन्छ।

फिल्म स्टार यश(Yash) आफ्नो होमटाउन कर्नाटकको हसनमा मजदूरसँग काम गर्न जुटिरहेका छन्।

फिल्म स्टार यश आफ्नो फार्महाउसको हुलिया बदल्नमा दिलोज्यान दिएर लागेका छन्। यी हसनमा उनको फार्महाउसको तस्बिर हुन् जहाँ उनले जमेर काम गरिरहेका छन्।

सुपरस्टार यशले आफ्नो फार्महाउसको वरिपरी बस्ने मानिसहरुका लागि त्यहाँ वाटर रिस्टोरेशनको फैसला गरेका गरेका छन्। जसको लागि त्यहाँ काम चलिरहेको छ।

पानीको सुनिश्चितताको लागि यश आफैँले कामको रेखदेख गरिरहेका छन्। धुलो-धुँवा र चर्को घाम केहीको पर्वाह नगरी उनी काममा जुटेका छन्।

फिल्म स्टार यश आफैँले हरेक सानो देखि ठुलो कामको निगरानी गरिरहेका छन्। यसरी गाउँलेको मद्दतको लागि चर्को घाम, धुलो-धुँवा केहीको पर्वाह नगरी काम गरेको देखेर उनका फ्यान्सले तारिफ गरेका छन्।

प्रकाशित : शनिबार, बैशाख ०४, २०७८०९:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साउथ सिनेमाको सबैभन्दा महँगो विवाह, पानी सरह पैसा बगाइएको थियो यी सुपरस्टार्सको विवाहमा