शिल्पा शेट्टीकी बहिनीलाई याद आयो पुराना जवानी दिनहरु, शेयर गरिन् मस्त जवानीका फोटो

एजेन्सी : भारतमा कोरोनाले गर्दा सबैजना घरमा गुम्सिएर बस्नुपरेको छ। घर गुम्सिएर बसेको लामो समय बितिसकेको छ। अहिले मानिसहरुलाई पुराना दिनहरु मानसपटलमा आइरहेका छन्, जतिबेला कोभिड-१९ को नामोनिशान थिएन्। बेफिक्री भएर घुमफिर, अनेक व्यञ्जनका खानपिन, यात्राका दिनहरु याद आउन थालेका छन्। शिल्पा शेट्टीकी बहिनी शमिता शेट्टीलाई पनि ‘नो कोरोना टाइम’ का दिनहरुका सम्झना आएको आईरहेको छ। ती दिनहरु याद गर्दै उनले एक फोटो पोस्ट गरी त्यो समयमा फर्कने इच्छा व्यक्त गरेकी छिन्।

फोटोमा शमिता समुन्द्रको किनारामा छिन्। खुल्ला आकाश र पानीको बीचमा निर्धक्कसाथ पल्टिरहेकी छिन्। उनले ओरेन्ज कलरको ड्रेस लगाएकी छिन्। अनुहारमा आनन्दको भाव देखिन्छ। पछिल्लो समय शमिताले यसरी नै जवानीका दिनहरु याद गर्दै मस्त जवानीका फोटोहरु शेयर गर्ने गर्छिन्।

शिल्पा शेट्टीकी बहिनी शमिता शेट्टी बलिउडका ती अभिनेत्रीहरुमध्ये एक हुन् जो सुन्दर भएर पनि बलिउडमा खास छाप छोड्न सकेनन्। जबकि उनले यशराज फिल्म्स जस्तो बलिउडको नामी एवं प्रतिष्ठित ब्यानरबाट आफ्नो करियर सुरुवात गरेकी थिईन्।

शमिता हालै ‘ब्ल्याक विडो’ नामक वेबसिरिजमा देखिएकी थिईन्। यस थ्रिलर सिरिजलाई अत्यधिक मन पराईएको थियो। शमिताले यो सिरिजमा काम गरेर आफू डिजिटल प्ल्याटफर्मको लागि तयार रहेको जानकारी दिईन्।

प्रकाशित : शनिबार, बैशाख ०४, २०७८०९:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

समाजसेवी सुपरस्टार यश : गाउँलेको लागि चर्को घाम, धुलो-धुँवा नभनी गर्दैछन् यस्तो काम