एजेन्सी : टिभी सिरियल्समा यस्ता थुप्रै अभिनेत्रीहरु छन् जो नेगेटिभ भूमिका निभाएर चर्चित बने। अनस्क्रिनमा उनीहरु एक-अर्काको कट्टर दुश्मनको रुपमा देखिन्छन्। तर के तपाईलाई थाहा छ, रियल लाइफमा यी अभिनेत्रीहरु बीचगहिरो दोस्ती छ ? यसमा थुप्रै नामहरु सामेल छन्, जस्तै हिना खान – एरिका फर्नान्डिस, उर्वशी ढोलकिया – श्वेता तिवारी, रुपाली गांगूली – मदलसा शर्मा आदि। यी अभिनेत्रीहरुका अफस्क्रिन केमिस्ट्री देख्नुभएमा तपाई छक्क पर्नुहुनेछ र सोचमा पर्नुहुनेछ कि आखिर यी अभिनेत्रीहरुले शोमा लडाई कसरी गर्न सक्छन्।
सिरियल ‘अनुपमा’ मा रुपाली गांगूली ‘अनुपमा’ को भूमिका निभाईरहेकी छिन् भने मदलसा शर्मा ‘काव्या’ को भूमिकामा छिन्। अनस्क्रिनमा दुवै जनाको कट्टर दुश्मनी र म्यारिज ट्रायङ्गलको विवाद देख्न सकिन्छ। तर क्यामरा पछाडी दुवैको राम्रो दोस्ती छ। सेटमा एक-अर्कासँग गरेको मस्तीको किस्सा सार्वजनिक भईरहन्छन्।
श्वेता तिवारी र उर्वशी ढोलकियालाई टेलिसिरियल ‘कसौटी जिन्दगी की’ मा बुहारी र भ्याम्प(Vamp) को भूमिकामा देखिएको थियो। दुवै रियल लाइफमा एकदमै मिल्ने साथी हुन्। धेरै पटक यी दुईले कपडामा ट्विनिङ गरेका थिए।
आयशा सिंह र ऐश्वर्या शर्मा दुवै जना सिरियल ‘गुम है किसी के प्यार में’ मा एकसाथ छन्। एक्टर नील भट्टको अपोजिटमा आयशा कास्ट भएकी छिन्। त्यस्तै नील भट्ट रियल लाइफमा ऐश्वर्याको हुनेवाला पति हुन्। आयशा र ऐश्वर्या दुवैजना अफस्क्रिन मस्ती र मजाकको तस्बिरहरु शेयर गरिरहन्छन्। रियल लाईफमा यी दुईको मित्रता गहिरो छ।
सरगुन कौर लुथरा र ऐश्वर्या खरेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा निकै चर्चामा आउने गर्छन्। सिरियल ‘ये हैं चाहतें’ मा ऐश्वर्या ‘महिमा’ को भूमिका निभाउँछिन् जो सरगुन उर्फ प्रिशाको बहिनी र दुश्मन दुवै हुन्। हालै ऐश्वर्याले सरगुनसँग फोटो शेयर गरेकी थिईन्, जसमा उनीहरुको गहिरो देख्न सकिन्थ्यो।
मायरा मिश्रा र कनिका मानको रियल लाइफ दोस्ती अटुट छ। दुवै जना सिरियल ‘गुड्डन तुमसे न हो पाएगा’ मा निया र कनिकाको भूमिका निभाउँछन्। हालै मायराले दुवै जनाको फोटो शेयर गरेकी थिईन्।
अनिता हस्सनन्दनी र उर्वशी ढोलकिया सिरियल ‘कभी सौतन कभी सहेली’ मा एक-अर्काको दुश्मन बनेका थिए। रियल लाइफमा यी दुईको राम्रो मित्रता छ। अनिता हस्सनन्दनी, उर्वशीलाई आफ्नो नजिकको साथी मान्छिन्।
‘कसौटी जिन्दगी की २’ मा हिना खानले कोमोलिका र एरिकाले प्रेरणाको भूमिका निभाएका थिए। रियल लाइफमा दुवैबीच राम्रो दोस्ती छ। पत्यार नलागे सामाजिक सञ्जालमा हेर्न सक्नुहुन्छ।
टिभी सिरियल्सका यी अभिनेत्री अनस्क्रिनमा कट्टर दुश्मन, तर रियल लाइफमा हुन् मिल्ने साथी

प्रकाशित : शुक्रबार, बैशाख ०३, २०७८१८:४३