मिथुन राशिका जातकका लागि २०७८ साल कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल !

मिथुन राशि – GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह) : मिथुन राशिका मानिसको लागि यो वर्ष शुभ रहनेछ। तपाईंले गरेका हरेक कार्य सफलताका साथ सम्पन्न हुनेछन्। आर्थिक पक्ष मजबूत हुने देखिन्छ। व्यापार क्षेत्रको कुरा गर्दा यो वर्ष मिथुन राशि भएका मानिसको लागि यो क्षेत्र निकै फाप्नेछ। वित्तीय क्षेत्रमा गरेको लगानीले तपाईंलाई मालामाल बनाउनेछ। साथै शैक्षिक क्षेत्रमा लगानी गर्नु पनि निकै उत्तम हुनेछ। दैनिक व्यापारीहरुले प्रशस्त रूपमा लाभ उठाउनेछन्। तर सेयरबजार क्षेत्रमा भने थोरै सावधान रहन आवश्यक रहेको छ।

प्रेम सम्बन्धि मामिलाको लागि यो वर्ष मिश्रित साबित हुनेछ। वर्षको सुरुवातमा प्रेमी-प्रेमिका बीच मनमुटाव उत्पन्न भएता पनि समयसँगै समझदारी बढ्दै जानेछ। त्यस्तै, प्रेम सम्बन्धलाई विवाहमा परिणत पनि गर्न सकिनेछ। आफन्तजनसँग निकटता बढ्नेछ। यो वर्ष रोजगारको खोजीमा रहेकाले सफलता प्राप्त गर्नेछन्। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। वैदेशिक रोजगारको सम्भावना पनि रहेको छ। सरकारी तथा सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। पदोन्नतीको योग रहेको छ।

स्वास्थ्यको हिसाबले तपाईंको लागि यो वर्ष अनुकूल नरहला। रगत तथा आँखा सम्बन्धि समस्या देखा पर्न सक्छ। परिवारको स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला। आमा-बुबाको स्वास्थ्यको लागि अधिक पैसा खर्च हुनसक्छ। शिक्षा क्षेत्रको बारेमा कुरा गर्दा २०७८ मिथुन राशिका मानिसको लागि त्यति शुभ नरहन पनि सक्छ। खासगरी वैदेशिक शिक्षाका लागि गएका विद्यार्थीका लागि समय खासै राम्रो नहोला। विज्ञान र कृषि विषयका विद्यार्थीहरुले भने विशेष सफलता प्राप्त गर्नेछन्।

प्रकाशित : मङ्गलबार, चैत ३१, २०७७१७:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कर्कट राशि हुनेहरुका लागि २०७८ साल कति शुभ ? हेर्नुहोस् वार्षिक राशिफल !