कर्कट राशि हुनेहरुका लागि २०७८ साल कति शुभ ? हेर्नुहोस् वार्षिक राशिफल !

कर्कट राशि – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : कर्कट राशिका मानिसको लागि यो वर्ष मिश्रित फलदायी रहनेछ। आफूले सोचेअनुरुप सफलता भने नमिल्न सक्छ। रोजगारको खोजीमा रहेका मानिसले भने यो वर्ष सफलता प्राप्त गर्न सक्छन् र सामाजिक क्षेत्रमा तपाईंको मन-सम्मान पनि बढ्नेछ। तपाईंको लागि व्यापार व्यवसायको हिसाबले यो वर्ष अत्यन्त शुभ साबित हुनेछ। नयाँ कार्य तथा व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने यो वर्ष तपाईंले उत्कृष्ट सफलता प्राप्त गर्न सक्नुहुनेछ। कसैसँग ठूलो रकम ऋण लिन वा कसैलाई ऋण दिनबाट भने बच्नु होला, अन्यथा नोक्सान हुने सम्भावना उच्च रहन्छ।

प्रेम सम्बन्धमा मिठास बढ्नेछ। कर्कट राशिका मानिसले यो वर्ष आफ्नो प्रेम जीवनलाई वैवाहिक जीवनमा पनि परिवर्तन गर्न सक्छन्। वर्षको अन्त्यतिर भने सम्बन्ध कुनै कारणले फाटो आउनसक्छ। त्यसैले आपसी समझदारीमा यसलाई समाधान गर्ने प्रयास गर्नुहोस्। तपाईंले कार्यक्षेत्रमा पदोन्नतीको अवसर प्राप्त गर्नुहुनेछ। साथै यदि तपाईं आफ्नो रोजगारी परिवर्तन गर्न चाहनुहुन्छ भने पनि २०१८ साल तपाईंको लागि शुभ रहनेछ। तर सामूहिक व्यवसायमा संलग रहेका मानिसले भन्ने सोचे अनुरुप सफलता प्राप्त गर्न असमर्थ रहनेछन्।

स्वास्थ्यको हिसाबले हेर्दा तपाईंको लागि यो वर्ष सामान्य रहनेछ। रगत सम्बन्धि समस्याले सताउन सक्छ, सजग रहनुहोला। घर परिवारको स्वाथ्यमा धन खर्च हुनेछ। हड्डी सम्बन्धि समस्या पनि देखा पर्न सक्छ। शिक्षा क्षेत्रको कुरा गर्दा कर्कट राशिका मानिसले यो वर्ष शैक्षिक क्षेत्रमा राम्रो नजिता प्राप्त गर्नेछन्। वर्षको अन्त्यतिर विद्यार्थी वर्गले आफूले सोचे अनुरुप् सफलता प्राप्त गर्नेछन्।

प्रकाशित : मङ्गलबार, चैत ३१, २०७७१९:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि नववर्षको पहिलो दिन : कुन राशिलाई कति शुभ ? हेर्नुहोस् दैनिक राशिफल !