यसकारण अक्षयलाई पहिलो गर्लफ्रेन्डले गरेका थिए रिजेक्ट, तपाई पनि नदोहोर्याउनुहोस् यस्तो गल्ती

एजेन्सी : बलिउडको सबैभन्दा फिट अभिनेता अक्षय कुमार आफ्नो दमदार एक्सन, फाइट सिन्स र कमेडी टाइमिङको लागि खुब चर्चामा रहन्छन्। यसको साथै इन्डस्ट्रीमा उनको अफेयर्सको किस्सा पनि कसैबाट लुकेको छैन। अक्षय कुमारले धेरै जनाको दिल तोडेपछि अन्तत: अभिनेत्री ट्विङ्कल खन्नालाई जीवनसाथी चुने। तर अक्षय कुमारले जुन युवतीलाई पहिलो पटक डेट गरेका थिए, तिनले उनलाई रिजेक्ट गरेका थिए। टिभीको लोकप्रिय कमेडी शो ‘द कपिल शर्मा शो’ मा अक्षयले आफ्नो सबैभन्दा ठुलो समस्या लजालुपन भएको बताए। उनी भन्छन् – ‘म उनीसँग जम्मा दुई देखि तीन पटकसम्म डेटमा गएको थिए । एक पटक मुभी हेर्न र एकपटक रेस्टुरेन्टमा।’

अक्षयले अझ थप्दै भने – ‘मैले कहिल्यै उनको हात समातिन्। न त उनी मेरो नजिक नै आउन् चाहन्थिन्। यहीं कारणले उनले मलाई छाडिन्।’ अक्षयका कुराहरु सुनेर कपिल शर्मा अक्षयलाई सोध्छन् – ‘यी सबैबाट तपाईले के पाठ सिक्नुभयो त ? ‘

खेलाडी अक्षयले यसको जवाफ आफ्नै तरिकामा दिँदै भने – ‘त्यसपछि मैले पूरा युटर्न लिए र आफूभित्र धेरै बदलावहरु ल्याए।’ अक्षय कुमार आफ्नो कुराहरु सधैँ एकदम स्पष्टसँग राख्छन्। उनी आफ्नो प्रेम जीवन र प्रेममा पाएको धोकाबारे सधैँ खुलेर कुरा गर्छन्। अक्षय फिल्मको आगामी फिल्मको कुरा गर्ने हो भने उनी छिट्टै फिल्म ‘अतरंगी’ मा देखिँदै छन्। यस बाहेक उनी सूर्यवंशी, पृथ्वीराज, बच्चन पाण्डे, रक्षा बन्धन र राम सेतुमा पनि देखिँदैछन्।

प्रकाशित : मङ्गलबार, चैत ३१, २०७७१७:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आलिया भट्टले दिईन् कोरोनालाई मात, भनिन् – ‘पहिलो पटक…..’