एजेन्सी : बलिउड अभिनेत्री आलिया भट्टका फ्यान्सका लागि खुशीको खबर छ। अभिनेत्रीले कोरोनालाई मात दिएकी छिन्। आफ्नो सशक्त अभिनय कौशलताले करौडौंको दिलमा राज गर्न सफल अभिनेत्री आलिया कोरोना सङ्क्रमित भएकी थिईन्। आलिया आफैँले सामाजिक सञ्जालमा आफूमा कोरोन पोजिटिभ देखिएको कुरा खुलाएकी थिईन्।
बुधबार आलियाले सामाजिक सञ्जालको माध्यमबाट आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको बताएकी छिन्। आलियाले इन्स्टाग्राममा लेखेकी छिन् – ‘पहिलो पटक नेगेटिभ हुनु राम्रो कुरा भएको छ।’ यस पोस्टसँगै आलियाले आफ्नो एक तस्बिर पनि शेयर गरेकी छिन्। जसमा उनी ब्लु टिशर्ट र पिङ्क लोअरमा देखिएकी छिन्। आलियाको अनुहारमा खुशीका स्पष्ट रेखाहरु देख्न सकिन्छ।
केही दिन अघि आलिया भट्टले आफ्नो इन्स्टाग्राम स्टोरीबाट आफू कोरोना सङ्क्रमित भएको कुरा बताएकी थिईन्। उनले आफू घरमै क्वारेन्टिनमा बसेको र डाक्टरले बताएका हरेक कुराहरु ध्यानपूर्वक पालन गर्दै आएको कुरा पनि बताएकी थिईन्।
वर्कफ्रन्टको कुरा गर्ने हो भने आलिया भट्टको फिल्म ‘गंगूबाई काठियावाडी’ को टिजर केही दिन अघि रिलिज भएको थियो। जसले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाएको थियो। यसबाहेक आलिया एसएस राजामोलीको फिल्म ‘आरआरआर’ र अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ मा रणबीर कपूरसँग देखिँदै छिन्।