एजेन्सी : बलिउड अभिनेत्री दिशा पाटनी सामाजिक सञ्जालमा आफ्नो कामसँग सम्बन्धित र व्यक्तिगत जीवनसँग सम्बन्धित फोटो शेयर गरिरहन्छिन्। ती मध्ये केही फोटोहरुमा धेरै नै आफ्नो सुगठित शरीर प्रदर्शन गरिरहेकी हुन्छिन्। एक अन्तर्वार्तामा उनका यस्ता फोटोहरु देखेर उनको आमाबुबाले कस्तो प्रतिक्रिया दिन्छन् भनेर प्रश्न गर्दा उनले आफ्नो आमालाई खासै फरक नपर्ने तर बुबाले भने केही असहज मान्ने बताएकी थिइन्।
दिशा पाटनी प्राय: छोटा-छोटा कपडा लगाएर नै फोटोशूट गर्छिन्। उनले फोटोमा धेरै नै अङ्ग प्रदर्शन गर्छिन्। एकपटक त उनले बिना कपडामा फोटोशूट पनि गराएकी थिईन्। यस्तो गर्दा उनका आमाबुबालाई केही समस्या नरहेको उनी बताउँछिन्। साथै आफ्नो आमाबुबा निकै नै सहयोगी रहेको कुरा पनि खुलाईन्। उनी भन्छिन् – ‘म सधैँ आफ्नो फोटोशूटका तस्बिरहरु परिवारलाई पठाउँछु। मेरी आमा पनि इन्स्टाग्राममा हुनुहुन्छ। उहाँ म सँग कुरा गरिरहनुहुन्छ, त्यसैले अहिले म खासै तस्बिरहरु पठाउदिन्। मैले गरिरहेको काममा केही गलत छैन, यो कुरा मलाई ज्ञात छ। मलाई पूरा भरोसा छ, उहाँहरु म प्रति गर्व गर्नुहुन्छ। मैले आफ्ना फोटोहरु फ्यामिली ग्रुपमा पठाउँदा मेरा बुबाले अलि केही असहज महसुस गर्नुहुन्छ। आखिर पिता जो परे।’
दिशा पाटनी बलिउडमा इन्स्टाग्राममा धेरै फ्यानफलोइङ हुने अभिनेत्री हुन्। उनको इन्स्टाग्राममा ४३ मिलियनभन्दा धेरै फलोअर्स रहेका छन् । उनी सामाजिक सञ्जालमा सबैभन्दा धेरै मन पराईने अभिनेत्री हुन्। उनको फोटो अपलोड भएको केही मिनेटमा नै भाइरल हुन्छन्। उनको केही फोटोहरु ट्रोलरहरुले ट्रोल पनि गर्छन्। यद्यपि दिशाले आफ्नो फोटो र भिडियो शेयर गर्न भने कहिल्यै छोड्दिन्। उनले इन्स्टाग्राम भिडियोहरु पनि हाल्ने गर्छिन्। हेर्नुहोस् भिडियो :