एजेन्सी : भारतीय फिल्म अभिनेत्री निक्की तम्बोलीले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा फोटो शेयर गरेकी छिन्। रेड कलरको ड्रेसले उनलाई गज्जबसँग सुहाएको छ। रेड ड्रेसको यो फोटोलाई अत्यधिक मन पराईएको छ। ५ घण्टामा डेढ लाख भन्दा बढी लाइक्स आएका छन्।
पछिल्लो समय निक्की सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहने गरेकी छिन्। सामाजिक सञ्जालमा उनी आफ्ना तस्बिरहरु पोस्ट गरिरहन्छिन्। सामाजिक सञ्जालको उनको लोभलाग्दो अवतारलाई धेरैले मन पराउने गरेका छन्।
बिग बोसको विजेता बन्न नपाएपनि निक्कीले धेरै मानिसहरुका मन जित्न सफल भएकी थिईन्। यस रियालिटी शोमा उनलाई धेरैले मन पराउने गर्थे। कहिलेकाहीँ निक्कीको बडप्पन देखेर मानिसहरु आजित हुन्थे भने खुबै मज्जा पनि लिन्थे। धेरैपटक उनले लाइन पनि क्रस गरेकी थिईन्, जसले गर्दा उनले सलमान खानको गाली खानु परेको थियो।
भारतीय सञ्चारमाध्यमहरुका खबर अनुसार निक्की एक अर्को रियालिटी शो अनुबन्धित हुँदै छिन्। जसबारे निक्की स्वयमले मुख खोल्नेछिन्। केही समय अघि निक्कीको एउटा भिडियो खुब भाइरल भएको थियो। हेर्नुहोस् भिडियो ।
निक्की तम्बोलीले मुख्य रुपमा तमिल फिल्म उद्योगमा काम गरेकी छिन्। निक्कीले कञ्चना ३, थिप्पारा मीसम जस्ता लोकप्रिय फिल्महरुमा काम गरेकी छिन्। सिनेमाघरमा हिट भएको निक्कीको पछिल्लो फिल्म ‘कञ्चना ३’ थियो, जुन सन् २०१९ मा प्रदर्शनमा आएको थियो। निक्कीले टिभीको सबैभन्दा लोकप्रिय रियालिटी शो बिग बोस १४ मा एक प्रतियोगीको रुपमा भाग प्रवेश गरेकी थिईन्।