एक्टिङ नआउने निकम्मा भनेपछि बलिउड छोड्न चाहन्थे अभिषेक, पिताको यो कुराले बदल्यो मन

एजेन्सी : अभिनेता अभिषेक बच्चन अहिले आफ्नो फिल्म ‘द बिग बुल’ को कारण चर्चाको केन्द्रमा छन्। फिल्म रिलिज भएपछि समालोचक तथा दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले अभिषेकको अभिनयको तारिफ गरेका छन् भने केहीले मिहिनेत नपुगेको भन्दै अभिषेकको अभिनय चित्त बुझ्दो नलागेको बताएका छन्। यो पहिलोपटक हैन अभिषेकको अभिनयको आलोचना भएको, उनले पहिल्यैदेखि धेरैपटक यी कुराहरु सुन्दै आएका थिए। र ती कुराहरु मनन गर्दै आफ्नो अभिनय कौशलता निखार्दै आईरहेका थिए। तर एक समय यस्तो पनि आएको थियो जतिबेला अभिषेकले हार मानेका थिए र बलिउडलाई चटक्कै छाड्ने निर्णयमा पुगेका थिए। तर पिता अमिताभ बच्चनको कुराले उनलाई यस्तो गर्न रोक्यो।

हालै आरजे सिद्धार्थ कननलाई दिएको एक अन्तर्वार्तामा अभिषेक बच्चनले कुनैबेला फिल्म इन्डस्ट्री मेरो लागि बनेको हैन भन्ने लागेको बताएका थिए। उनले भने – ‘पब्लिक प्लाटफर्ममा सफल हुनु कठिनपूर्ण हुन्छ। त्यतिबेला सामाजिक सञ्जाल थिएन्। तर मैले मिडियाबाट थाहा पाए कि मेरो पिठपछाडी मेरा बारे धेरै नराम्रा कुराहरु हुने रहेछन्। यहाँ सम्म कि मलाई अभिनय नै आउँदैन समेत भनिने रहेछ। एक समय मलाई इन्डस्ट्रीमा प्रवेश गर्नु नै मेरो सबैभन्दा ठुलो भूल थियो जस्तो लागेको थियो, मैले जति प्रयास गरे पनि सफल भईरहेको थिईन्। मैले हरेश मानिसकेको थिए। र ड्याडसँगलाई भेटेर शायद म यो फिल्म इन्डस्ट्रीको लागि बनेको रहेनछ भने आफ्नो दुखेसो पोखे।’

अमिताभले छोरा अभिषेकलाई जे कुरा भने त्यसपछि अभिषेकले कहिल्यै पनि पछाडी फर्केर हेर्नुपरेन। खासमा उनका पिता अमिताभले अभिषेकलाई के भने त उनी बताउँछन्। अमिताभले भने – ‘ मैले तिमीलाई एक जिम्मेवारी छोडेर भाग्ने बन्न हुर्काएको हैन। हरेक बिहान तिमीले कडा मेहनत गरेर आफ्नो स्थान बनाउनको लागि लड्नुपर्नेछ।’ अमिताभले अभिषेकलाई प्रस्ताव आएका जति सबै फिल्महरुमा अभिनय गर्न सल्लाह दिए।

अभिषेक बच्चनले रिफ्यूजी फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। यसको केही वर्षसम्म उनका फिल्महरुलाई दर्शकले नकारे तर त्यो क्रम लामो समयसम्म टिकेन। युवा, धूम, बन्टी और बबली, सरकार, ब्लफमास्टर, गुरु, दोस्ताना, दिल्ली-६, पा, रावण, खेलें हम जी जान से, बोल बच्चन, मनमर्ज‍ियांमा अभिषेकको अभिनयले दर्शकको दिलमा खास स्थान बनायो। गत वर्ष नेटफ्लिक्समा रिलिज भएको लुडो र वेब सिरिज ब्रीदमा अभिषेक छाएका थिए। उनको आगामी फिल्महरु बब विस्वास र दसवीं हुन्।

प्रकाशित : सोमबार, चैत ३०, २०७७१२:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रेड ड्रेसमा निक्कीको भुतुक्कै बनाउने लोभलाग्दो जिउडाल, क्षणभरमै भाइरल भयो फोटो र भिडियो