एजेन्सी : बलिउड अभिनेत्री सनी लियोनी प्रोफेशनल लाइफसँगै आफ्नो पर्सनल लाइफलाई लिएर चर्चामा आइरहन्छिन् । सनी प्राय: आफ्नो परिवार र बच्चाको क्युट तस्बिर सामाजिक सञ्जालमा फ्यान्सहरुसँग शेयर गरिरहन्छिन् । हालै सनी र उनको पति डेनियलको विवाह भएको १० वर्ष पूरा भएको छ ।
वैवाहिक बन्धनको १० औँ वर्षगाँठमा सन्नीलाई उनका पतिले एक सुन्दर र महँगो सरप्राईज गिफ्ट दिएका छन्। यस खास उपहारको झलक सन्नी आफैँले आफ्ना फ्यान्सहरुमाझ शेयर गरेकी हुन्।
डेनियल वेबरले वैवाहिक वार्षिकोत्सवमा आफ्नी पत्नी सनी लियोनीलाई सुन्दर हिराको हार गिफ्ट दिएका छन्। यस डायमण्ड नेक्लेस लगाएर सनीले एक भिडियो आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरी पति डेनियलको लागि धन्यवाद नोट लेखेकी छिन्।
खुशी थाम्न नसकेकी सनी लियोनीले लेखेकी छिन् – ‘हाम्रो वैवाहिक वार्षिकोत्सवमा मलाई डायमण्ड दिनुभएकोमा डेनियल वेबरलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। संच्चिक्कैको सपना !! विवाहको १० वर्ष र १३ वर्ष एक साथ समय बिताएको। कहिल्यै कसैले सोचेको थियो र एक साथ जिन्दगी बिताउन बाचा गरिएको त्यो संवादले गर्दा हामीलाई जीवनमा यहाँसम्म एक साथ ल्याउनेछ। लभ यु।’
सनी लियोनीले गिफ्ट भिडियो अघि आफ्नो १० औँ वैवाहिक वर्षगाँठको अवसरमा डेनियल वेबरसँगको एक तस्बिर पनि शेयर गरेकी थिईन्। उनले लेखेकी थिईन् – ‘मैले माया गर्ने मान्छेलाई १० औँ वैवाहिक वार्षिकोत्सवको शुभकामना। हामी जीवनमा नमरेसम्म एक साथ हिड्न सकूँ, यहीँ प्रार्थना गर्छु। तिमी मेरो तागत हौँ र मेरो हिरो हौँ। लभ यु बेबी।’
सनी लियोनी र डेनियल वेबर पछिल्लो १३ वर्षदेखि एक साथ छन्। सनी र डेनियलका तीन बच्चा छन्। एक छोरी र दुई छोरा छन्। सनीले एक बालिकालाई धर्मपुत्री बनाएकी थिईन्, जसको नाम निशा कौर वेबर राखिएको छ। त्यसपछि सनी र डेनियल सरोगेसीबाट जुम्ल्याहा छोरा नूह र अशहरको अभिभावक बने।
वर्कफ्रन्टको कुरा गर्ने हो भने सनी लियोनी अहिले रियालिटी शो एमटिभी स्प्लिट्सभिल्लामा व्यस्त छिन्। यस बाहेक उनको हातमा विक्रम भट्टको निर्देशनमा बन्दै गरेको वेब शो अनामिका पनि छ। उनी दक्षिण भारतीय फिल्ममा पनि देखा पर्दैछिन्।