एजेन्सी : बलिउड अभिनेत्री मल्लिका शेरावत सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। उनी प्राय: सबैको लोभ्याउने सुन्दर तथा आकर्षक तस्बिरहरु शेयर गरिरहन्छिन्। एक पटक मल्लिकाले फेरी आफ्ना तस्बिरहरु इन्टरनेटमा हालेर तहल्का मच्चाएकी छिन्।
मल्लिका शेरावतले पिङ्क कलरको ट्युब ड्रेसमा आफ्ना केही तस्बिरहरु शेयर गरेकी छिन्। फ्यान्सले मल्लिकाको यो ग्लामरस अन्दाजलाई असाध्यै मन पराएका छन्।
मल्लिकाले तस्बिर शेयर गर्दै फ्लावर इमोजी पोस्ट गरेकी छिन्। मल्लिकाका तस्बिरहरुमा सकारात्मक र नकारात्मक दुवै मिश्रित प्रतिक्रियाहरु आएका छन्। केहीले उनका मादक आँखाको तारिफ गरेका छन् भने केहीले ४५ वर्षीय बुढीकन्या भन्दै उनको व्यापक ट्रोल गरेका छन्।
सामाजिक सञ्जालमा मल्लिका शेरावतका लाखौँ फ्यान्स छन्, जो उनका तस्बिरहरुमा दिल खोलेर लाइक्स तथा कमेन्ट्स गर्छन्। टिभी एड देखि बलिउड र हलिउड फिल्ममा पनि मल्लिका शेरावतले आफ्नो अभिनय कौशलताले अलग छाप छोडेकी छिन्।
मल्लिका शेरावत इन्स्टाग्राम कहिले आफ्नो ट्रेडिशनल लुक, कहिले ग्लामरस अन्दाज त कहिले भिन्न अवतारले तहल्का मच्चाईरहन्छिन्।
मल्लिका शेरावतले ख्वाहिश, हिश, वेलकम र डबल धमाल लगायत थुप्रै फिल्महरुमा काम गरेकी छिन्। अहिले मल्लिका फिल्ममा नदेखिएपनि उनको लोकप्रियतामा कुनै कमी आएको छिन।
मल्लिका नेपालको लुम्बिनी भ्रमणमा आएकी थिईन्। २९ डिसेम्बर सन् २०१९ मा नेपाल आएकी मल्लिकाले २०२० को नयाँ वर्ष नेपालमै मनाएकी थिईन्।