एजेन्सी : सलमान खानलाई को डेट गर्न चाहन्छ ? यो प्रश्न सोध्ने हो भने अधिकांस युवतीले आफ्नै नाम लिन्छन्। आखिर सलमान बलिउडको सबैभन्दा चर्चित र ह्यान्सम कुमार जो परे।
अब अर्शी खानलाई पनि सलमान खान मन पर्न थालेको छ। उनै अर्शी खान, जो हालै बिग बोस शोमा देखिएकी थिईन्। पहिले पनि देखिएकी थिईन्। सलमान खानले उनको आरती उतारेका थिए, तैपनि त्यसले अर्शीलाई खासै फरक पारेको देखिदैन।
हालै एक अन्तर्वार्तामा अर्शी खानले सलमान खानलाई डेट गर्न चाहेको बताएकी छिन्। यति मात्र हैन, सलमान खान बाहेक एक अर्का व्यक्तिसँग पनि अर्शी सम्बन्ध बढाउन चाहन्छिन्। उनी हुन् डब्ल्युडब्ल्युई रेस्लर र सीईओ ट्रिपल एच। अर्शीले यी दुवैजनासँग डेट गर्ने चाहना भएको खुलाएकी छिन्।
खासमा अर्शीले यस्तो खाले कुरा किन गरिरहेकी छिन् त ? उनको दिल टुटेको छ। हालै उनको ब्रेकअप भएको छ। अहिले उनी सिङ्गल छिन्। अर्शी एक बिजनेसम्यानलाई डेट गरिरहेकी थिईन्, जसले काम खोज्न उनलाई सहयोग गरेका थिए। अहिले ब्रेकअप भएको छ र उनी सिङ्गल छिन्।
अर्शी एक वेबसिरिजमा देखा परेकी थिईन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार उनलाई टिभीमा एक स्वयम्बरको शो पनि अफर गरिएको थियो। तर अहिलेसम्म अर्शीले स्वीकारोक्ति दिएकी छैनन्।