यी ३ मानिसका अगाडी भुलेर पनि नखोल्नुहोस् आफ्ना गोप्य राज, जीवन बर्बाद पार्छन् !

काठमाडौँ : महाभारत कालमा विदुर कौरव र पाण्डवका काका थिए तर उनले कुनै पनि प्रकारको युद्धमा भाग लिएका थिएनन्। उनी अत्यन्त बुद्दिमानी तथा विद्वान व्यक्ति थिए। उनको स्वभाव एकदम सरल र कोमल थियो। महाराज धृतराष्ट्र उनीसँग हरेक विषयमा खुलस्त कुरा गर्न मन पराउँथे।

विदुर जीले दिएका आदेशहरुलाई विदुर नीतिको रूपले जानिन्छ। विदुर जीले आफ्नो नीतिमा यस्ता व्यक्तिको बारेमा उल्लेख गरेका छन् जसलाई कहिल्यै पनि आफ्नो रहस्य बताउनु हुँदैन। विदुर नीतिका अनुसार यदि तपाईले यी मानिसहरूलाई यी रहस्यहरू बताउनुभयो भने भविष्यमा तपाईं समस्यामा पर्न सक्नुहुन्छ।

लोभी मानिस

विदुर नीतिमा भनिएको छ कि तपाईको कुनै पनि गोप्य कुरा एक लोभी मानिसलाई कहिल्यै पनि भन्नु हुँदैन। लोभी मानिसले आफ्नै बुबाको साथमा पनि छल गर्न पछाडी हट्दैन।

यस्ता मानिसले आफ्नो फाइदाको लागि अरु मानिसको गलत प्रयोग गर्ने गर्छन्। त्यसैले लोभी मानिसलाई आफ्नो रहस्य कहिले पनि भन्नु हुँदैन।

धूर्त मानिस

विदुर जी भन्छन् कि जो मानिस धेरै धूर्त हुन्छन् उनीहरुलाई कहिले पनि आफ्नो गोप्य कुरा भन्न हुँदैन। यस्ता मानिसले कुनै पनि समय मौकाको फाइदा उठाउन सक्छन्। यस्ता मानिसले आफ्नो लाभको लागि अरुको हित र अहितको पनि ध्यान दिँदैनन्।

धेरै बोल्ने मानिस

विदुर नीतिका अनुसार धेरै बोल्ने मानिसले कुनै पनि समय रहस्यको कुरा भन्न सक्छन्। जो मानिस धेरै बोल्छन् उनीहरु अरु मानिसको कुरा गर्दा बोलीमा संयम राख्न सक्दैनन्।

यस्तोमा, यी मानिसले अरुसँग कुरा गर्दा आफ्नो वा अरु कुरा कति बेला भन्छन् आफैंलाई पनि थाहा हुन्न। जसले गर्दा कुनै समय अरुले तपाईंको फाइदा उठाउन पनि सक्छन्।

प्रकाशित : मङ्गलबार, चैत २४, २०७७१२:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भाग्यमानीको भूतै कमारो : स्याउँ(एप्पल) अर्डर गर्दा फ्रिमा आइफोन पाएँ