भाग्यमानीको भूतै कमारो : स्याउँ(एप्पल) अर्डर गर्दा फ्रिमा आइफोन पाएँ

एजेन्सी : प्राय: तपाईले सुनिरहनुभएको होला अनलाइनबाट अर्डर गर्दा अर्डर गरिएको सामान टुटफुट आउने या कम गुणस्तरीय आउने या त प्रडक्ट नै अर्कै आउने हुन्छ। तर भाग्यमानीको भूतै कमारो भनेझैं एक व्यक्तिले सेब अर्डर गर्दा आइफोन एसई(iPhone SE) पाएका छन्। र  कम्पनीबाट कुनै गल्ती भएको पनि होइन। उनलाई साँच्चिक्कैको आइफोन प्राप्त गरेका हुन्। खासमा के हो त पूरा मामिला ?

इङ्ल्यान्ड(England) निवासी एक व्यक्ति त्यतिबेला आश्चर्यचकित परे जतिबेला उनले टेस्को(Tesco) बाट एक ब्याग सेब अर्डर गर्दा नयाँ आइफोन(iPhone) मोडेल पाए। यहाँ कम्पनीबाट कुनै गल्ती भएको थिएन्। खासमा यो कम्पनीको एक ‘सुपर सब्सटिट्यूट’ प्रोमोसनको हिस्सा थियो।

इङ्ल्यान्डका ट्विकनहम(Twickenham) मा बस्ने निक जेम्स(Nick James)ले नजिकैको स्थानीय टेस्को सुपरमार्केटबाट आफ्नो अर्डर कलेक्ट गरे। तब एक स्टाफले उनलाई उनको ब्यागमा एक सरप्राइज रहेको बताए। जब उनले ब्याग खोलेर हेरे उनी आश्चर्यचकित परे।

निकलाई एक ब्याग सेब खरिद गर्दा फ्रिमा आइफोन एसई(iPhone SE) दिईएको हो। साथै अर्डर गरिएको सेब पनि दिईएको छ। निकले टेस्को र टेस्को मोबाइल(Tesco Mobile)प्रति आभारी व्यक्त गर्दै यस घटनाबारे आफ्नो ट्वीटर ह्यान्डलमा शेयर गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘द मिरर’ सँगको कुराकानीमा निकले आफूले यत्रो सरप्राइज पाउने अनुमान पनि नगरेको बताए। उनले भने – ‘मलाई सोचेको थिए कि सरप्राइजमा ईस्टर एग या केही त्यस्तै खाले चीज हुनेछन् जस्तो लागेको थियो। आइफोन देख्दा खुशीको सीमा रहेन।’

टेस्को मोबाइलले यो हप्ता एक प्रोमोसन क्यापेनमार्फत एप्पल आइफोन्स(Apple iPhones), एयरपोड्स(AirPods ) र सामसङ डिभाइसेज सित्तैमा दिईरहेको छ। ती प्रोडक्ट्स  दिन् कम्पनीले र्यान्डम तरिका अपनाईरहेको छ।

प्रकाशित : शनिबार, बैशाख ०४, २०७८१७:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मिया खलिफाले खुलाइन् आफ्नो कमाई : सबै चकित परे, कसैले पनि पत्याएनन्