काठमाडौँ : देवगुरु बृहस्पतिले आज राति राशि परिवर्तन गर्दैछ। ब्रह्माण्डको सबैभन्दा ठुलो ग्रह आज राति करिब २ बजे तिर शनिको स्वामित्वभएको कुम्भ राशिमा प्रवेश गर्नेछ। गुरु अर्को वर्ष २०७८ को भदौ २९(१४ सेप्टेम्बर) गतेसम्म मकर राशिमा रहन्छ। गुरुले चाल बदलेसँगै सबै १२ वटै राशिहरुमा यसको प्रभाव पर्छ।
मेष राशि : मेष राशिका जातकले विगतमा गरेका लगानीबाट लाभ पाउनेछन्। रचनात्मक कार्यमा जोडिएका जातकको प्रगति हुनेछ। विवाहित जोडीले आफू अनुकूल फल प्राप्त गर्नेछन्। यद्यपि जुन जातकको कुण्डलीमा बृहस्पति कमजोर छ, तिनलाई प्रतिकूल फल प्राप्त हुनेछ। आर्थिक मामिलामा सफल हुनुहुनेछ। तपाईले आफ्नो स्वास्थ्यमा अधिक खर्च गर्नुपर्ने अवस्था सिर्जना हुन् सक्छ।
वृष राशि : यो अवधि करियरको हिसाबले वृष राशिका जातकका लागि खासै राम्रो छैन। ऋणले कठिनाई बढाउन सक्छ। आफ्नो हालको जागिरलाई निरन्तरता दिनुहोला। धैर्यता वा संयमता अपनाउनुहोला। तपाईको छवि खराब हुन् सक्छ। पैतृक सम्पत्तिबाट लाभ मिल्न सक्छ। स्वास्थ्यको दृष्टिकोणले हेर्ने हो भने मौसम परिवर्तनले तपाईको स्वास्थ्यमा समस्या आउन सक्छ।
मिथुन राशि : बृहस्पति यात्रा, आध्यात्मिकता र भाग्यको नवौं घरमा गोचर गर्नेछ। जुन करियर र व्यवसायको लागि अत्यन्तै राम्रो हो। जीवनमा नयाँ अवसरहरु आउनेछन्। विशेषगरी सरकारी जागिरको लागि दिएको लिखित परिक्षामा राम्रो परिणाम हासिल गर्नुहुनेछ। आर्थिक रुपबाट यो गोचर अवधि शुभ रहनेछ।
कर्कट राशि : लाभ-हानिको आठौँ घरमा गुरुले गोचर गर्दा करियर, वित्तीय क्षेत्र र सम्बन्धमा प्रभाव पार्नेछ। करियरमा प्रगति गर्ने अवसर पाउनुहुनेछ। जागिरको खोजीमा रहेका जातकले अनेक अवसरहरु पाउनेछन्। विवाहित जोडीले आफ्नो जीवनसाथीसँग गुणस्तरीय समय व्यतीत गर्नेछन्। आर्थिक रुपबाट हेर्दा यो गोचर खासै शुभ देखिदैन। यसले केही समस्याहरु खडा गर्नेछन्। यसकारण कुनै पनि क्षेत्रमा लगानी गर्नु सम्बन्धित क्षेत्रको विज्ञबाट परामर्श लिनुहोला। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला।
सिंह राशि : विवाह र साझेदारीको सातौँ घरमा बृहस्पतिको गोचर हुँदा सकारात्मक परिणाम दिनेछ। कार्यक्षेत्रमा इमान्दारीपूर्वक गरिएको प्रयासले लक्ष्य नजिक पुग्न सहयोग गर्नेछ। कुनै पनि क्षेत्रमा लगानी गर्नु तपाईको लागि उचित हुने छैन। विवाहित जोडीले एकापसमा राम्रो सम्बन्ध स्थापित गर्नको लागि तर्क-वितर्क गर्नबाट जोगिनुहोला। प्रेम सम्बन्धमा हुने प्रेमिल जोडीका लागि यो समय अत्यन्तै शुभ छ। तपाईको सम्बन्धले नयाँ आयाम पाउनेछ। स्वास्थ्यको हिसाबले पनि यो जातकाको लागि समय राम्रो छ।
कन्या राशि : कन्या राशिका जातकका लागि बृहस्पति ऋण, प्रतिस्पर्धा र शत्रुको छैठो भावमा गोचर गरिरहेको छ। यस अवधिमा तपाईले मिश्रित परिणाम पानुहुनेछ। जागिर गर्ने जातकले हतारमा राजीनामा नदिनुहोला, किनकी उक्त क्षेत्रमा राम्रो अवसर मिल्ने सम्भावना बढी छ। दीर्घकालीन लगानीको लागि बैशाख र जेठ तपाईको लागि सबैभन्दा अनुकूल रहनेछ। दाम्पत्य जीवनमा खुशीयाली छाउनेछ।
तुला राशि : बृहस्पतिको गोचर शिक्षा, प्रेम र रोमान्सको पाँचौं घरमा हुनेछ। यो अवधिमा तपाईले मिश्रित फल पाउनुहुनेछ। व्यावसायिक क्षेत्रमा संलग्न र जागिर गर्ने दुवैले कडा मेहनत गर्नुपर्नेछ। कुनै पनि स्थितिमा हार नमान्नुहोला। तपाईले छिट्टै आकर्षक अवसर पाउनुहुनेछ। तुला राशिका जातकका लागि लगानी गर्न यो अनुकूल समय हो। अनावश्यक खर्च बढ्ला। सम्बन्धमा केही खट्पट आउन सक्छ।
वृश्चिक राशि : बृहस्पति विलासिता, आराम र अचलसम्पत्तिको चौथो भावमा गोचर गर्नेछ र तपाईलाई अनुकूल परिणाम दिनेछ। अध्ययनको लागि विदेश जान चाहनेहरुले अवसर पाउनेछन्। जागिरको खोजीमा भौतारिरहेका जातकले बैशाख र जेठमा खोजेको जस्तै काम पाउनेछन्। सरकारी जागिरका लागि दिएको लिखित परीक्षामा उतीर्ण हुनुहुनेछ। आर्थिक रुपबाट यो अवधि तपाईको लागि राम्रो छ। पारिवारिक व्यवसायमा लगानी गर्दा राम्रै हुनेछ। साझेदारीको व्यवसायमा यस राशिका जातकले धेरै लाभ प्राप्त गर्नेछन्।
धनु राशि : बृहस्पतिको गोचर यात्रा, सञ्चार र भाबहिनी को तृतीय भावमा हुनेछ। विद्यार्थीले परिक्षामा उतीर्ण हुन् अतिरिक्त मेहनत गर्नुपर्नेछ। जागिर गर्ने जातकले यस समयावधिमा राम्रो फल प्राप्त गर्नेछन्। कुनै पनि क्षेत्रमा आँखा चिम्लेर लगानी नगर्नुहोला। सम्बन्धित क्षेत्रका विज्ञसँग सरसल्लाह लिएर मात्र लगानी गर्नु हितकारी हुनेछ। स्वास्थ्यमा गडबडी आउँला।
मकर राशि : बृहस्पति परिवार, वाणी र सञ्चित धनको दोस्रो भावमा गोचर गर्नेछ। यो अवधिमा तपाईलाई भाग्यले भरपूर साथ देला। तपाईको धन बढ्ला। तपाईले आफ्नो कार्यक्षेत्रमा सकारात्मक हुने माहोल बन्नेछ र काममा ध्यानकेन्द्रित गर्न सक्नुहुनेछ। जागिर गर्नेहरुका लागि पनि समय राम्रो छ। तपाईले आफ्नो रुचि अनुसारको काम पाउनुहुनेछ।
कुम्भ राशि : बृहस्पतिको गोचर यिनको लग्न भावमा हुनेछ। कुम्भ राशिको जातकले औषत परिणाम हासिल गर्नेछन्। यो राशि परिवर्तनले तपाईलाई आफ्नो लक्ष्य सकारात्मक रुपबाट पूरा गर्न सहयोग गर्नेछ। जागिरे जातकका लागि यो गोचर राम्रो रहनेछ। बैशाख वा जेठमा तपाईले प्रोमोसन पाउने प्रबल सम्भावना छ। सरकारी जागिरको लागि आवेदन भर्ने जातकले सफलता पाउनेछन्। अविवाहित जातकले विवाहको प्रस्ताव पाउनेछन्। स्वास्थ्यमा खराबी आउँला।
मीन राशि : मीन राशिका लागि बृहस्पति विदेश, व्यय र मोक्षको द्वादश भावमा गोचर गर्नेछ। द्वादश भावमा बृहस्पतिको गोचरबाट मीन राशिका जातकाले सकारात्मक परिणाम पाउनेछन्। जागिर फेर्ने जातकले विकल्प भेट्टाउनेछन्। व्यवसायमा जोडिएका जातकले व्यापार बढाउने अवसर पाउनेछन्। अनावश्यक खर्च बढ्ला।