खासमा के हो सैतानी जुत्ता ? जसमा मान्छेको रगत प्रयोग गरिएको छ !

एजेन्सी : के तपाईले कहिल्यै ‘सैतानी जुत्ता’ को बारेमा सुन्नुभएको छ ? खेलकुद पहिरन र उपकरण उत्पादन तथा आपूर्ति गर्ने बहुचर्चित कम्पनी नाइकीले ब्रुकलिनको आर्ट कलेक्टिभ एमएससिएचएफ(MSCHF) विरुद्दको सैतानी जुत्ताको केस जितेको छ। जुत्ताको सोलमा मान्छेको रगत(केही थोपा) प्रयोग गरिएको आरोप छ।

आर्ट कलेक्टिभ एमएससिएचएफले यो जुत्ता र्यापर लिल न्यास एक्ससँग मिलेर डिजाइन गरेको थियो, जसमा त्यतिबेला खुब विवाद भएको थियो। यो जुत्ताको मूल्य १०१८ युएस डलर राखिएको छ। यो जुत्ता नाइकी कम्पनीको एयर म्याक्स ९७s मोडिफाइड भर्जन थियो। यो जुत्तामा इसाईको पवित्र चिन्ह पेन्टाग्राम र क्रसको प्रयोग गरिको आरोप छ।

बीबीसीको रिपोर्ट अनुसार नाइकीले जुत्ताको डिजाइन आफ्नो बताउँदै यसलाई ट्रेडमार्कको उल्लंघन बताएको थियो र एमएससिएचएफलाई यो जुत्ता बेच्न र लोगो प्रयोग गर्न रोक्न माग गरेको थियो। यहीँ केसमा नाइकी कम्पनीले जित हासिल गरेको छ। नाइकीले एमएससिएचएफलाई अनाधिकृत रुपमा सैतानी जुत्ता उत्पादन गरी आफ्नो कम्पनी विरुद्द भ्रम फैलाएको र गलतफहमीको स्थिति पैदा गरेको आरोप लगाएको छ।

नाइकीको आरोपमा एमएससिएचएफ पक्षमा वकालत गर्ने वकिलले ६६६ जोडी बनाएको र ती जुत्ता कुनै आम जुत्तै नभएको र व्यक्तिगत रुपबाट बनाईएको आर्ट भएको बताएका छन्।

दुवै तर्फको बहस सुनेपछि अमेरिकी कोर्टका फेडरल जजले नाइकीको पक्षमा फैसला सुनाउँदै ती जुत्ताहरु बेच्न अस्थायी रुपमा रोक लगाउन आदेश दिएको छ।

प्रकाशित : आइतबार, चैत २२, २०७७१०:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जिम ट्रेनर रिचीको भुतुक्कै बनाउने लोभलाग्दो जिउडाल, पहिलो नजरमै बनाउँछ फिदा(हेर्नुस् तस्बिर)