काठमाडौँ : आज नेपालको तराई क्षेत्र तथा भारतमा रङ्गहरूको चाड होली मनाइदै छ। होलीमा जबसम्म होलीका गीतहरु बज्दैनन् नि तबसम्म होली आएको महसुस हुन्न। होली पर्वलाई अझ थप उचाईमा पुर्याउन बलिउडको अहम भूमिका रहेको कुरालाई नकार्न सकिन्न। आज तराई होलीको खास अवसरमा तपाईलाई बलिउड फिल्मका केही सिन्सका बारेमा बताउँछौँ, जुन सिन्सको कारण ती फिल्महरु सुपरहिट साबित भए।
कटी पतंग
फिल्म ‘कटी पतंग’ मा सुपरस्टार राजेश खन्ना र सुन्दर अभिनेत्री आशा पारेख मुख्य भूमिकामा देखिएका थिए। फिल्ममा आशा एक विधवा महिलाको भूमिकामा थिईन्। यो फिल्मको गीत ‘आज न छोड़ेंगे’ को सिनमा राजेश खन्नाले जब आशा पारेखलाई आफ्नो तर्फ तान्छन् तब दर्शकहरु ताली बजाउन बाध्य भएका थिए। यो गीत सुपरहिट भएको थियो। अहिले पनि होलीमा यो गीत बज्ने गर्छ।
शोले
ब्लकबस्टर फिल्म ‘शोले’ सन् १९७५ मा रिलिज भएको थियो। अझैँ पनि यो फिल्मलाई दर्शकले असाध्यै मन पराउँछन्। यो फिल्मको गीत ‘होली के दिन दिल मिल जाते हैं’ सुपरहिट भएको थियो। यो गीतमा धर्मेन्द्र र हेमा मालिनीको रोमान्स देखिएको थियो।
सिलसिला
होलीमा फिल्म ‘सिलसिला’ को कुरा नहुने त कुरै छैन। फिल्म सिलसिलाको होली सिन शायद कमैले भुलेका होलान्। यस फिल्मको सिनमा अमिताभ बच्चन र रेखाको प्रेमलाई उत्कृष्ट ढङ्गले प्रस्तुत गरिएको थियो। फिल्मको गीत ‘रंग बरसे’ मा रेखा र अमिताभको डान्स र रोमान्टिक सिनले त्यतिबेला बबाल मच्चाएको थियो। गीतमा सञ्जीव कुमार र जया बच्चन पनि देखिएकी थिईन्। गीत सकिनेबित्तिकै फिल्मको कहानीमा नसोचेको ट्वीस्ट आउँछ।
रामलीला
होलीको धमाकेदार सिन पुराना फिल्महरुमा मात्र नभई नयाँ फिल्महरुमा पनि देखिन्छ। अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘गोलियों की रासलीला राम-लीला’ को गीत ‘लहू मुंह लग गया’ मा यी दुईको रोमान्टिक सिनले तहल्का मच्चाएको थियो।
ये जवानी है दीवानी
अभिनेता रणवीर कपूर र अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘ये जवानी है दीवानी’ को गीत ‘बलम पिचकारी’ युवायुवतीहरुमाझ खुब चर्चित छ। फिल्म सुपरहिट भएको थियो। र साथै यस फिल्मको सबै गीतहरु हिट भएका थिए।