पतिलाई वशमा राख्ने रामवाण तरिका, हरेक पत्नीले अपनाउनुहोस् यस्तो

काठमाडौँ : पति-पत्नीको सम्बन्धमा मनमुटाव हुनु आम कुरा हो। अधिकांस पत्नीको पतिले आफ्नो कुरा मान्ने नगरेको गुनासो हुन्छ। उनीहरु सधैँ आफ्नो मनलाग्दी गर्छन्। हरेक पत्नी आफ्नो पतिलाई काबूमा राख्न चाहन्छन्। यदि तपाईको पनि यहीँ इच्छा छ भने तपाई बिल्कुलै सही ठाउँमा आउनुभएको छ। आज हामी तपाईलाई केही यस्ता टिप्स बताउनेछौं, जसको मद्दतले तपाईले आफ्नो पतिलाई सजिलै काबूमा राख्न सक्नुहुन्छ।

१. पतिलाई काबूमा राख्न सर्वप्रथम तिनको मन जित्नुपर्छ। तिनले तपाईको हरेक कुरा त्यतिबेला मान्नेछन् जब तपाईले तिनको हरेक कुरा मान्नुहुनेछ। यदि मान्न सक्नुहुन्न भने कम से कम पूरा कुरा सुनिदिनुहोला। रिस नपोख्नुहोला। शान्तपूर्वक, प्रेमपूर्वक र लजिकको सहायतामा बताउनुहोला कि तपाईले किन तिनको कुरा मान्न सक्नुहुन्न।

२. पत्नीको पतिको मजाक उडाउने नराम्रो बानी हुन्छ। यस कारण घरमा धेरै लडाई-झगडा हुन्छ। तपाईको यस्तो खिल्ली या मजाक उडाउने बानीको कारण तपाई आफ्नै पतिको घृणाको पात्र बन्नुहुनेछ। तिनको नजरबाट तपाई गिर्नुहुनेछ। त्यसपछि तपाईको कुनै पनि कुरा सुन्दैनन्। यसकारण पतिलाई आफ्नो वशमा राख्न मजाकको सहारा नलिएर मीठा-मीठा कुरा गर्नुहोला।

३. काम र अफिसका काममा पतिलाई हस्तक्षेप बिल्कुलै मन पर्दैन। यसकारण कामको कुरामा कुनै वादविवाद नगर्नुहोला। काम गरिरहेको समयमा डिस्टर्ब पनि नगर्नुहोला। थाकेर घर आउँदा पतिलाई तिनको हालचाल र दिन कसरी बित्यो त्यसबारे सोध्नुहोला।

४. केही पत्नीको सुकेको घाउँ कोट्याउने आदत हुन्छ। उनीहरु पुरानो कुरा धेरै वर्षसम्म दोहोर्याउँछन्। विगतका कुरालाई वर्तमानमा नल्याउनुहोला। पुरानो कुरा भूलेर नयाँ सुरुवात गर्नुहोला। भावी जीवनबारे योजना बनाउनुहोला। त्यसो गर्दा तपाईका पतिले हरेक कुरामा खुशी-खुशी साथ दिनेछन्।

५. कहिलेकाहीँ गलतफहमी या भ्रमको कारण पनि पति-पत्नी बीच सम्बन्ध बिग्रिन सक्छ। यसकारण कुनै लडाई झगडा भएमा सिधैं एक-अर्कासँग कुरा गर्नुहोला। जुन कुराले समस्या निम्त्याएको हो, त्यसलाई दुवैजना मिलेर समाधान खोज्नुहोला। अरुले सुनाएका कुरामा विश्वास नगर्नुहोला। एक-अर्कालाई पूरा भरोसा गर्नुहोला।

६. विवाह पछि प्राय: रोमान्स मर्छ। त्यहीँ भएर आफ्नो पतिलाई रिझाउनको लागि घरमा रोमान्टिक माहोल बनाउनुहोला। थोरै मोडर्न र स्टाइलिस बनी पतिलाई फेरी पनि आफ्नो दीवाना बनाउन सक्नुहुन्छ। त्यसपछि तिनले तपाईका हरेक कुरा मान्नेछन्।

प्रकाशित : बिहिबार, चैत १२, २०७७१४:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२० वर्ष पूरा भएपछि महिलामा आउने ५ परिवर्तन