२० वर्ष पूरा भएपछि महिलामा आउने ५ परिवर्तन

काठमाडौं । बढ्दो उमेरसँगै केटीहरुको शरिरमा कैयौँ परिवर्तन आउँछ । यो क्रममा विभिन्न स्वास्थ्य समस्या पनि हुन्छन्, जसलाई सही समयमा पत्ता लगाई समाधान गर्न पनि सकिन्छ। २० वर्ष उमेर कटेपछि केटीमा आउने केही परिवर्तनबारे चर्चा गरिएको छ ।

तौल बढ्नु

२० वर्षको उमेर पश्चात केटीहरुको मेटाबोलिज्म ढिलो हुन थाल्छ । जसको कारण शरिरको तौल बढ्ने गर्छ । धेरै चिल्लो अनि गुलियो खाना खानबाट बच्नुपर्छ । दैनिक ३० मिनेट हिड्ने वा कसरत गर्नाले शरिरको तौल नियन्त्रण गर्न सकिन्छ ।

रजस्वला

सामान्यतया टिनएजको सुरुवातबाटै रजस्वला चक्र सुरु भएपनि २० वर्षको उमेर पश्चात यो चक्रको समय हर्माेनल इन्ब्यालेन्सको कारण तल माथि हुन सक्छ। खानामा फल र हरियो सागपातको मात्र बढाउनु पर्छ। जसमा भरपुर आइरन, भिटामिन, मिनरल्स र एन्टीअक्सिडेन्ट्स हुन्छ। यसले रजस्वला नियमित गर्न सहयोग गर्छ ।

कपाल

२० वर्षको उमेर पश्चात केटीहरुको छाती, पेटमा रौं बढ्न सक्छन। साथै हर्माेनल परिवर्नको कारण कपाल सुख्खा हुने समस्या देखिन सक्छ।
कपाल हटाउन हेयर रिमुभर क्रिमको वा रेजरको प्रयोग गर्न सकिन्छ। लेजर गरेर सधैको लागि रौँ हटाउन सकिने प्रविधि पनि अहिले उपलब्ध भइसकेको छ। साथै सुख्खा कपालको समाधानको लागि ३–४ चम्चा जैतुनको तेलले मालिस गर्न सकिन्छ।

डण्डिफोर

उमेर बढ्दै जाँदा केटीको शरिमा हुने हर्माेनल परिवर्तनको कारण डण्डिफोर आउने अनि छाला सुख्खा हुने समस्या देखिनसक्छ। धेरै तेल वा चिल्लो भएको खाना खानु हुँदैन । दिनमा २–३ पटक सफा पानीले मुख धुन सकिन्छ ।

डण्डिफोर समाधान गर्ने एक अचुक उपाय पनि छ। सुन्दा अनौठो लाग्छ तर यसको प्रयोगले केही समयमा अनुहारको छाला सफा अनि पुराना दाग पनि कम गर्छ । दिनमा एकपटक दाँत माझ्ने मञ्जन (पेप्सोडेन्ट, क्लोजअप वा सेन्सोडाइन) अनुहारमा लगाउने, ५–१० मिनेट पछि सफा पानीले पखाल्ने ।

रोग प्रतिरोधक क्षमता बढ्छ

२० वर्षको उमेर पश्चात विभिन्न हर्माेनल परिवर्तनको कारण केटीहरुको रोग प्रतिरोधक क्षमता क्षमता बढ्छ ।

ध्यान दिनुपर्ने कुराः

१. उमेर बढेसँगै छातीको आकार पनि बढ्दै जान्छ। छातीमा आउने कुनै प्रकारको परिवर्तन, जस्तो चिलाउने, सुन्निने वा गाँठो पर्ने भए तत्काल डाक्टरको सल्लाह लिनु उचित हुन्छ। यस्तो कुनै ठूलो स्वास्थ्य समस्याको सङ्केत हुन सक्दछ ।

२. ओठको रंग यदि गुलाबी छैन। यो नरम नभई सुख्खा छ भने कलेजोको समस्या हुन सक्दछ ।

३. धैरै हिड्दा मसल स्ट्रेनको कारण खुट्टाको तल्लो भागमा दुखाइ हुन सक्छ । यदि लामो समय यो दुखाइ रहिरहे खुट्टा सुनिन सक्छ, यो ब्लड क्लटको संकेत हुन सक्छ । यदि यस्तो भए डाक्टरको सल्लाह लिनु उचित हुन्छ ।

प्रकाशित : मङ्गलबार, चैत १७, २०७७१७:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२० वर्ष पूरा भएपछि महिलामा आउँछन् यी ५ परिवर्तन