करण जोहरले गर्दैछन् यो स्टारकिड्सलाई बलिउडमा लन्च, हेर्नुहोस् हट तस्बिरहरु

एजेन्सी : भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता, चलचित्र निर्माता तथा निर्देशक करण जोहरको प्रोडक्सन हाउस नेपोटिज्मलाई समर्थन गरेको कारण बदनाम छ। उनी पनि बेला-बेलामा आलोचित हुने गर्छन्। सबै कुरालाई बेवास्ता गर्दै करण जोहर फेरि पनि एक स्टारकिड्सलाई बलिउडमा लन्च गर्ने पूरा तयारीमा लागेका छन्।

करण जोहरको धर्मा प्रोडक्शन हाउसले आलिया भट्ट, वरुण धवन, अनन्या पाण्डे सहित अरु थुप्रै स्टारकिड्सलाई लन्च गरेको छ र अब शनाया कपूरलाई पनि लन्च गर्ने तयारीमा छ।

धर्मा प्रोडक्शनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै क्याप्सनमा लेखेको छ, ‘अब शानया कपूरको चम्किने समय आएको छ। जुलाईमा पहिलो फिल्मसँगै यात्रा सुरु गर्न उत्साहित।’

शनायाले पनि यति ठुलो प्रोडक्शन हाउसबाट बलिउडमा डेब्यु गर्ने अवसर पाएको खुशी व्यक्त गरेकी छिन्। उनको यो पोस्ट सामाजिक सञ्जालमा खुब भाईरल भईरहेको छ।

शनाया कपूर बलिउड अभिनेता सञ्जय कपूर र महीप कपूरकी छोरी हुन्। अनिल कपूर र बोनी कपूर उनको अङ्कल हुन्। उनकी बहिनी पर्ने जाहन्वी कपूर अहिले बलिउडमा राज गरिरहेकी छिन् भने उनी जुलाईमा पहिलोमा प्रवेश गर्दैछिन्।

प्रकाशित : मङ्गलबार, चैत १०, २०७७१५:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

से-/क्सी पोज दिँदै हिना खानले शेयर गरिन् ह-ट फोटो, क्रेजी भए मानिसहरु