धेरै कमैलाई मात्र थाहा होला, ८ सन्तानका पिता हुन् भगवान शिवजी

www.hdnicewallpapers.com

काठमाडौँ : भगवान शिवलाई देवादि देव महादेव भनिन्छ। भगवान शिव र माता पार्वतीका दुई सन्तान छन् गणेश र कार्तिकेय। जुन सबैलाई थाहा भएकै कुरा हो तर भगवान शिवका अन्य सन्तानका उल्लेख एकदमै कम भएको पाइन्छ। भगवान शिवका आठ सन्तान…

भगवान गणेश शिवजी र माता पार्वतीका पुत्र हुन्। धार्मिक कथा अनुसार, पुराणमा गणेशजी जन्मबारे धेरै कथाहरु पाइन्छ। गणेशजीको जन्म भगवान शिव र माता पार्वतीद्वारा रहस्यमयी ढङ्गबाट भएको वर्णन पनि पाइन्छ। पौराणिक कथा अनुसार शिवजीको शरीरको मयलबाट गणेशको जन्म भएको थियो।

हिन्दु धर्मको पौराणिक इतिहास आफैँमा अत्यन्तै अद्भूत छ। कथा अन्सुआर, एक समय थियो तारकासुर नामक असुरको आतंक चरम सीमा पुगेको थियो। स्वर्गमा रहेका देवताहरु पनि भयभीत थिए। तारकासुरलाई भगवान शिव र माता पार्वतीको सन्तानले मात्र विनाश गर्न सक्ने वरदान प्राप्त थियो। शिवको शरीरभित्रबाट निस्केको क्रोधको ज्वालालाई स्वयम् अग्नि देवले पनि सहन सकिरहेका थिएनन्। यसकारण गङ्गाजीले यो अग्निलाई सरवन तालसम्म लिएर गए र छ मुख भएका बच्चाको जन्म भयो। माता पार्वतीले ती छ शिरलाई जोडेर एउटा शिरमा परिवर्तन गरिन्। उनलाई छ अप्सराले पाले, यसकारण उनको नाम कार्तिकेय भयो। कार्तिकेयले देवताको सेनाको नेतृत्व गरी तारकासुरको अन्त्य गरेका थिए।

पद्म पुराणमा पनि शिवकी पुत्री अशोक सुन्दरीबारे उल्लेख गरिएको छ। देवी पार्वतीले एक्लोपन र उदासीबाट मुक्ति पाउनको लागि कल्पवृक्षबाट पुत्रीको कामना गरेको र जसबाट एक सुन्दर पुत्रीको जन्म भएको मान्यता छ। यसकारण यिनको नाम अशोक सुन्दरी राखिएको थियो।

हिन्दु पौराणिक कथामा मनसा देवीलाई ‘नागिनी’ या ‘विशाहरा’ को रुपमा पनि चिनिन्छ। उनलाई शिवकी मानस पुत्री मानिन्छ तर केही पुरातन धार्मिक ग्रन्थहरुमा उनको जन्म कश्यप ऋषिको मस्तकबाट भएको उल्लेख छ। उनलाई वासुकीको बहिनी पनि भनिन्छ।

भगवान शिवको तेजबाट उनकी पुत्री ज्योतिको उत्पन्न भएको थियो। एक अन्य कथा अनुसार ज्योतिको जन्म माता पार्वतीको निधारबाट निक्लिएको तेजबाट भएको थियो।

अन्धक – धार्मिक कथा अनुसार एक पटक भगवान शिव ध्यान मुद्रामा थिए। त्यतिबेला माता पार्वती पछाडीबाट आएर आफ्ना हातले भगवान शिवको आँखा बन्द गरिन्। यसो गर्दा पूरा संसारमा अँध्यारो छायो। जब माता पार्वतीको हातको स्पर्श भगवान शिवको शरीरमा भयो, तब भगवान शिवको शरीरबाट पसिनाको थोपा चुहिन लाग्यो। त्यहीँ पसिनाबाट एक बालकको जन्म भयो जो अन्धकारमा जन्मिएको कारण अन्धो थियो। यसकारण उनको नाम अन्धक राखिएको थियो।

हिन्दु पौराणिक कथामा जालन्धरलाई असुरको राजा भनिएको छ। जालन्धर एक सक्षम र बलवान शासक थिए। उनको नेतृत्वमा असुरले देवताहरुलाई पनि हराएका थिए। उनी स्वयम् एक असुर थिएनन्। उनी शिवको तेस्रो आँखाबाट निक्लिएको क्रोधको अग्नि समुन्द्रमा झरेर जालन्धरको उत्पति भएको थियो। उनी शिवकै अंश थिए। पद्म पुराण अनुसार जालन्धर शहरको नाम उनकै नाममा राखिएको थियो।

अयप्पा, भगवान शिव र भगवान विष्णुको मोहिनी रुपको सन्तान हुन्। जब असुर राजा महिषासुरलाई छल गरी मारियो तब देवतासँग बदला लिनको लागि उनकी बहिनी महिषीले घोर तपस्या गरिन् र ब्रह्माजीलाई प्रसन्न गरी अजेयताको वरदान मागिन्। तर ब्रह्माले यो असम्भव भएको बताए । यसकारण महिषीले योजना बनाइन् र वरदान मागिन् कि शिव र विष्णुका सन्तानले मात्र उनलाई मार्न सक्छन्(दुवै पुरुष थिए र कसैको जन्म लिने सम्भावना छैन) । महिषीको विध्वंसबाट बचाउन देवताहरुले शिव र विष्णुलाई गुहारे। र विष्णुले समस्याको एक समाधान पाए। भगवान विष्णुको मोहिनी रुपको शिवसँग मिलन भयो र अयप्पाको जन्म भयो। जसले महिषीलाई अन्त्य गरे ।

प्रकाशित : सोमबार, चैत ०९, २०७७१३:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महात्मा गान्धीले पनि अपनाएका थिए विदुरको यो खास नीति, यसकारण छ महत्वपूर्ण