काठमाडौँ : महाभारत कालको विद्वान र हस्तिनापुरको महामन्त्री विदुरका नीति अहिले पनि प्रासंगिक छ। विदुर नीति राजधर्म र धर्म नीतिको व्यवहारिक विवेचन हो। विदुरका नीति धर्म परक छन्, यहीँ कारण भारतको राष्ट्रपिताको सम्मान पाएका महात्मा गान्धीले पनि महात्मा विदुरका नीति अपनाएका थिए।
मिथ्योपेतानि कर्माणि सिध्येयुर्यानि भारत।
अनुपायप्रयुक्तानि मा स्म तेषु मनः कृथाः।।
विदुर भन्छन् – ‘अन्याय पूर्वक सिद्ध गरिएका कार्यको परिणाम हितकारी हुँदैनन्। कार्यमा निष्कपटता हुन् आवश्यक छ। निष्कपटताले आस्था र विश्वास बढाउँछ।’ दार्शनिक कार्य सिद्ध गर्नको लागि अन्यायको मार्ग रोज्न अनावश्यक मान्छन्। महात्मा गान्धीले पनि आफ्नो आन्दोलनमा निष्कपटतालाई महत्व दिएका थिए।
महात्मा गान्धी राम्रो उद्देश्य प्राप्तिमा आफ्नो साधन पनि सात्विक र अहिंसक हुनुपर्ने विश्वास राख्थे। उनले स्पष्ट भनेका थिए कि यदि छल कपटको सहारामा स्वतन्त्रता प्राप्त गर्न चाहे मान्छे भट्किन सक्छन्। गान्धी जीका यी विचारमा महात्मा विदुरको यहीँ श्लोकको झलक मिल्छ।
महात्मा विदुरको यो नीति हरेक व्यक्तिले आफ्नो व्यवहारिक जीवनमा अपनाउन पर्छ, अन्यथा आफ्नो उद्देश्य र मार्गबाट भट्किन् सक्छन्। यसको परिणाम पनि गलत हुन् सक्छ। सबै मानिसलाई गलत र विधि विरुद्ध कार्य गर्ने वन्चित गर्नुपर्छ।